परमेश्वर हामीहरूसँग
मानिस-जातिमा परमेश्वरको स्वरूप पुनः निर्माण गर्नु
सबै युगहरूमा दार्शनिक र गुरुहरूले संसारलाई आत्माको आवश्यकता पूरा गर्ने खालका सिद्धान्तहरू प्रस्तुत गर्दै आएका छन् । अन्य जातिका धर्म-गुरुहरू अनि धार्मिक विधानले ख्रीष्टभन्दा फरक अन्य उपायहरूद्वारा र मुक्तिको बाटो आफ्ना जनतालाई दिएका छन् र यसरी तिनीहरूको अनुहार परमेश्वरबाट अर्कैतर्फ पर्काइदिएका छन्, र तिनीहरूका हृदयमा उहाँप्रतिको भयद्वारा भरिदिएका छन् जसले तिनीहरूलाई केवल आशिष दिनुभएको छ । तिनीहरूका कामका झुकाइ नै परमेश्वरबाट ती कुुराहरू लुट्नू हो जुन सुष्टि र मुक्ति दुवैद्वारा उहाँकै हुन् । र यी झूठा शिक्षकहरूले मानिसलाई पनि ठग्दछन् । लाखौं मानिसहरू यस्ता झूठा धर्ममा बाँधिएर दासताको डर अनि भारले लादिएको पशुझैं यस जीवनमा आशा खुशी र उमङ्गबाट बञ्चित छन् भने आउने समयको त्रास लिएर बाँचिरहेका छन् । यो नै सुसमाचार हो कि परमेश्वरको अनुग्रहले मात्र यस्ता आत्माको उद्धार गर्न सक्नेछ । उहाँको पुत्रमा प्रकट भएको परमेश्वरको प्रेम प्रतिको चिन्तनले हृदयलाई उत्तेजित तुल्याउनेछ र आत्माका शक्तिहरूलाई जगाउनेछ जुन अन्य कुनै कुराहरूले पनि गर्न र यस्ता प्रभाव ल्याउन सक्दैनन् । परमेश्वरको स्वरूप मानिसको बीच उपस्थित गराउनको लागि ख्रीष्ट आउनुभयो, र जसले मानिसलाई उहाँकहाँ जानबाट रोक लगाउँछ, उसले तिनीहरूलाई जीवनको साँचो विकासतर्फबाट टाढा लान्छ, त्यसले मानिसहरूलाई आशा उद्देश्य र जीवनको महिमाबाटै ठग्दैछ । त्यो एक चोर अनि डाँका हो । PHs 16.1
“ढोकाबाट भित्र पस्नेचाहिँ भेडाको गोठालो हो ।” ख्रीष्ट ढोका र गोठाला दुवै हुनुहुन्छ । उहाँ स्वयम् आफैद्वारा प्रवेश गर्नुहुन्छ । उहाँ स्वयम् आफ्नै बलिदानद्वारा भेडाको गोठाला बन्नुभएको छ । “ढोकेले उसको लागि ढोका खोलिदिन्छ, र भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढी-काढी बोलाउँछ, अनि तिनीहरूलाई बाहिर लैजान्छ । जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालिसक्छ, ऊ तिनीहरूका अगि-अगि हिँड्छ, र भेडाहरूले उसलाई पछ्याउँछन्, किनभने तिनीहरूले उसको सोर चिन्छन् ।” PHs 17.1
सृष्टिका सबै प्राणीहरूमध्ये भेडाचाहिँ सबैभन्दा सोझो अनि बेसहारा प्राणीहरूमा एक हो र पूर्वमा गोठालाहरूले तिनीहरूका हेरचाह अथक र अटुट रूपमा गर्दछन् । हिजोआजजस्तै प्राचीनकालमा पनि शहरको पर्खाल बाहिर शुरक्षा थिएन । सिमावर्तीय इलाकाका फिरन्ते जातिका लुटेराहरू, वा चट्टानमा लुकिरहेका शिकारी पशुहरू भेडा लुट्नका निम्ति बथानको प्रतिक्षा गरिरहेका हुन्थे । तर गोठालाहरू उनीहरूको चाललाई राम्ररी बुझ्दथे, किनकि उनीहरूको आफ्नै ज्यान पनि खतरामा हुन्थ्यो । लावानको घरमा गोठालाको काम गर्ने याकूब थकाइरहित श्रमलाई यसरी व्याख्या गर्दछन्, “दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो, मेरो आँखामा पटक्कै निद्रा लाग्दैनथ्यो” (उत्पत्ति ३१:४०) । आफ्ना बाबुका भेडाहरूको रक्षाको लागि दाऊदले एकलै सिंह र भालुसँग लड्नु परेको थियो र तिनीहरूका मुखबाट चोरिएको भेडा खोसेर ल्याएका थिए । PHs 17.2
भेडा गोठालाले भेडाहरूलाई चट्टान र जङ्गलको उजाड-स्थानमा अथवा खोलाको हरियो घाँस भएको किनारमा जब लैजान्छ, तब ऊ जङ्गलमा रातभरि भेडाको सुरक्षाको लागि बस्दछ, त्यसको साथसाथै बिरामी र अस्वस्थको हेरचाहा गर्दछ । ऊ आफै पनि उनीहरूजस्तै बन्छ र आफू उनीहरूसित नै समाहित हुन्छ । उसको हेरचाहमा रहेका पशुहरूसँग एक मजवुत र कोमल सम्बन्धले उसलाई बाँधेको हुन्छ । बगाल जति नै ठूलो भए तापनि गोठालाले सबै भेडालाई चिनेको हुन्छ । प्रत्येकको आ-आफ्नो नाम हुन्छ र गोठालाले बोलाउने बित्तिकै जवाफ दिन्छन् । PHs 17.3