परमेश्वर हामीहरूसँग
भविष्यवाणीहरू
यही चित्रणलाई अगमवक्ता यशैयाले मुक्तिदाताको कार्य उद्देश्य निम्न शान्त्वनापूर्ण शब्दहरूद्वारा व्यवहार गरेका थिए, “सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ । यरुशलेमलाई शुभ समाचार सुनाउने हो, जोरसँग तिम्रो सोर उचाल्, सोर उचाल् नडराऊ । यहूदाका नगरहरूलाई भन्, “हेर, तिमीहरूका परमेश्वर यही हुनुहुन्छ ! ... उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुनेछ । उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै हृदयको नजीक बोक्नुहुन्छ” (यशैया ४०:९-११) । राजा दाऊद भन्दन्, “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको अभाव हुँदैन” (भजन २३:१) । पवित्र आत्माले इजकिएल मार्फत घोणा गर्नुभयो, “म तिनीहरूको एउटै गोठालो हुनलाई एउटा गोठालो नियुक्त गर्नेछु, त्यसले तिनीहरूको हेरचाहा गर्नेछ,” “हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु । घाइतेलाई म मलह्म-पट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु ।” “म तिनीहरूसित शान्तिको करार बाँध्नेछु ।” “तिनीहरूलाई जाति-जातिहरूले कहिलयै लुटपीट गर्ने छैनन; ... तिनीहरूलाई सुरक्षितसाथ बस्नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन” (इजकिएल ३४:२३, १६, २५, २८) । PHs 13.3
ख्रीष्टले यी भविष्यवाणीलाई आत्मासाथ गर्नुभयो, र उहाँको आफ्नो चरित्र र इस्राएलका अगुवाको चरित्रमा भिन्नता देखाइदिनुभयो । फरिसीहरूले एउटा भेडालाई भर्खरै खोरबाट लखटेका थिए किनकि उसले ख्रीष्टको शक्तिको गवाही बन्ने साहस गरेको थियो । तिनीहरूले एक यस्तो आत्मालाई सच्चा गोठालातर्फ जानबाट रोकेका थिए जसलाई साँचो गोठालाले आफूतिर आकर्षित गर्दै हुनुहुन्थ्यो । यसरी तिनीहरूले आफूलाई जिम्मा दिइएको कामप्रति अनभिज्ञ राखे र बथानको गोठालो बन्ने उनीहरूका भरोसाको अयोग्यता प्रकट गरे । येशूले अहिले तिनीहरूका सामुन्ने उनीहरू र असल गोठालाबीचको भिन्नता प्रस्तुत गर्नुभयो, र उहाँले स्वयम् आफैलाई परमप्रभुको एक साँचो गोठालाको रूपमा प्रस्तुत गर्नुभयो । तर यसो गर्नुअघि उहाँ स्वयम् आफ्नै बारेमा अर्कै चित्रण मार्फत बोल्नुहुन्छ । PHs 14.1
उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा-गोठको ढोकाबाट भित्र पस्दैन, तर अर्कोपट्टिबाट चढेर पस्छ, त्योचाहिँ चोर र डाँकू हो । तर ढोकाबाट भित्र पस्नेचाहिँ भेडाको गोठालो हो ।” तर फरिसीहरूले यी कुराहरू तिनीहरूका विरुद्धमा बोलिएको हुन् भनेर बुझेनन् । जब उनीहरू यी कुराहरूका अर्थ बुझ्न आ-आफ्ना मनमा गुन्न थाले तब येशूले स्पष्ट रूपमा बताउनुभयो, “ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ । चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” PHs 15.1
ख्रीष्ट नै परमेश्वरको भेडा-गोठको ढोका हुनुहुन्छ । आदिको समयदेखि नै उहाँका जनहरूले यसै ढोकाबाट प्रवेश पाएका छन् । येशूमा नै, देखाइएका नमूनामा, छाया पारिएका संकेतहरूमा भविष्यवक्ताहरूका वर्णनहरूमा र उहाँको चेलाहरूलाई प्रकाशन गर्नुभएका पाठहरूमा, र मानिसका पुत्रहरूका बीचमा गरिएका आश्चर्यकर्महरूमा तिनीहरूले “संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा” लाई देखे (यूहन्ना १:२९), र उहाँद्वारा नै तिनीहरूलाई उहाँको अनुग्रहको भेडा-गोठमा ल्याइएका छन् । धेरै मानिस अरू विषयवस्तुहरू प्रस्तुत गर्दै संसारको विश्वास जित्नका लागि आएका छन्; संसार र त्यसका धार्मिक विधि विधानहरू र कानूनहरू रचिएका छन् जसद्वारा मानिस परमेश्वरको शान्ति र न्यायलाई प्राप्त गर्ने आशा गर्दछन्, र यसरी उहाँको भेडा-गोठमा प्रवेश पाउने आशा गर्दछन् । तर ढोका ख्रष्टि मात्र एउटा हुनुहुन्छ, र जस-जसले ख्रीष्टको स्थान ओगटन केही व्यवधान गरेका छन्, जो जति सबै अरू कुनै उपायबाट भित्र पस्न खोज्छन् भने तिनीहरू चोर र डाँकाहरू हुन् । PHs 15.2
फरिसीहरूले त्यस ढोकाबाट प्रवेश गरेका थिएनन् । तिनीहरू ख्रीष्टबाट बाहेक अर्कोपट्टि चढेर भेडा-गोठभित्र पसेका थिए, र तिनीहरूले साँचो गोठालाको भूमिका निभाइरहेका थिएनन् । पूजाहारीहरू र शासकहरू, फरिसी र धर्म-गुरुहरूले जीवित चरनहरूलाई नष्ट पारे र जीवनको पानीका मुहानहरूलाई अशुद्ध पारे । परमेश्वरको वचनले ठीक प्रकारसँग यस्ता झूटा गोठालाहरूको बारेमा वर्णन गरेको छ: “तिमीहरूले दुर्वलहरूलाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टी लगाइदिएका छैनौ । तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ; ... तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौउहाँद्वारा (इजकिएल ३४:४) । PHs 15.3