महान् विवाद नयाँ देशमा ज्योति

4/13

४ — अँध्यारोद्वारा ज्योति

पृथ्वीमा परमेश्‍‍वरको कामले युगदेखि युगसम्म प्रत्येक महान् सुधार-कार्य वा धार्मिक कार्यमा आश्‍चर्यजनक समानता प्रकट गर्दछ। मानिसहरूसँग व्यवहार गर्ने परमेश्‍‍वरका सिद्धान्तहरू सदासर्वदा उस्तै छन्। वर्तमानका महत्‍वपूर्ण कार्यहरू विगतको कामसँग समान छन्, र अघिका युगहरूमा भएको चर्चको अनुभवमा हाम्रा समयको लागि बडो बहुमूल्य पाठहरू छन्। MBND 73.1

मुक्तिको कामलाई अगाड़ि बढाउन पृथ्वीमा उहाँका दासहरूलाई महान् कार्यहरूको लागि परमेश्‍‍वरले उहाँको पवित्र आत्माद्वारा विशेष अगुवाइ गर्नुहुन्छ भन्‍ने सत्यताभन्दा अरू कुनै पनि सत्यता बाइबलमा अझै स्पष्‍ट सिकाइएको छैन। मानिसहरू परमेश्‍‍वरको हातका औजारहरू हुन्, जसलाई उहाँको अनुग्रह र कृपाका उद्देश्‍‍यहरू सम्पन्‍न गर्न उहाँले प्रयोग गर्नुहुन्छ। प्रत्येक मानिसको आफ्‍नै भूमिका छ; प्रत्येकलाई उसको समयका आवश्‍‍यकताहरूअनुसार केही परिमाणमा ज्योति प्रदान गर्नुभएको छ, र परमेश्‍‍वरले उसलाई दिनुभएको कामप्रति सक्षम पार्ने पर्याप्‍त ज्योति प्रदान भएको छ। तर स्‍वर्गबाट जतिसुकै आदर प्राप्‍त गरेको कुनै पनि मानिस भए पनि उसले मुक्तिको महान् योजनाको विषयमा पूर्ण समझ हासिल गरेको छैन, वा उसको आफ्‍नै समयका काममा ईश्‍‍वरीय उद्देश्‍‍यप्रति पूर्ण कृतज्ञताको महसुस गरेको छैन। उहाँले तिनीहरूलाई दिनुभएको कामद्वारा परमेश्‍‍वर कति सम्पन्‍न गर्न चाहनुहुन्छ भन्‍ने कुरा मानिसहरूले पूर्णरूपले बुझ्दैनन्; तिनीहरूले उहाँको नाममा उच्‍चारण गरेका सन्देश त्यसका स्‍वभावबाट सबै बुझ्दैनन्। MBND 73.2

“के तिमीले खोजतलाश गरेर परमेश्‍‍वरलाई पत्ता लगाउन सक्छौ? के तिमीले शर्वशक्तिमान्‌लाई पूर्णरूपले भेट्टाउन सक्छौ?” (KJV)। “‘किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,’ परमप्रभु भन्‍नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्।” “म परमेश्‍‍वर हुँ, मजस्तै अरू कोही छैन। आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु। म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।” अय्यूब ११:७; यशैया ५५:८, ९; ४६:९, १०। MBND 73.3

जुन अगमवक्ताहरू आत्माको विशेष ज्योतिको योग्य ठहरिए, तिनीहरूले पनि आफूलाई समर्पण गरिएको प्रकाशको सम्पूर्ण महत्‍व बुझ्‍न सकेनन्। परमेश्‍‍वरका मानिसहरूलाई त्यसमा भएका शिक्षाहरू आवश्‍‍यक परेअनुसार युगदेखि युगमा त्यसको अर्थ खोलिनुपर्नेथियो। MBND 74.1

मुक्ति सुसमाचारद्वारा नै ज्योतिमा ल्याइयो भन्‍ने विषयमा लेख्दै पत्रुस भन्छन्: यो “मुक्तिको विषयमा भविष्यवक्ताहरूले सोधपुछ गरे र यत्‍नसित खोजतलास गरे, जसले तिमीहरूकहाँ आउने अनुग्रहको विषयमा भविष्यवाणी गरे। अनि जब उनीहरूभित्र हुनुहुने ख्रीष्‍टको आत्माले ख्रीष्‍टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिल्यै गवाही दिनुभयो, तब उनीहरूले उही आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो, सो विषयमा कोजतलास गरे। यी कुराहरूको सेवा उनीहरूले आफ्‍ना निम्ति होइन, तर हाम्रा निम्ति गरिरहेका थिए भन्‍ने कुरा उनीहरूकहाँ प्रकट भएको थियो।” १ पत्रुस १:१०-१२। (KJV) MBND 74.2

तिनीहरूमा प्रकट भएका सबै कुराहरू अगमवक्ताहरूले पूर्णरूपमा नबुझे तापनि तिनीहरूले उत्सुकसाथ परमेश्‍‍वरले तिनीहरूलाई प्रकट गर्न चाहनुभएको सबै प्राप्‍त गर्ने प्रयास गरे। तिनीहरूले “खोजी र तलाश गरेका थिए,” “तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ... देखाउनुभएको समय र परिस्थितिको बारेमा” खोजी गरेका थिए। इसाई युगमा परमेश्‍‍वरको जनहरूलाई कस्तो राम्रो पाठ थियो जसको लाभको खातिर यी अगमवाणीहरू उहाँका दासहरूलाई प्रदान गरियो! “तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए।” त्यतिबेला जन्म नभएका पुस्ताहरूको लागि तिनीहरूलाई दिइएका प्रकाशहरूको बारेमा “खोजी र तलाश” गरेका ती परमेश्‍‍वरका पवित्र जनहरूलाई हेर्नुहोस्। पछिल्‍ला युगहरूका चुनिएका जनहरूले यस स्‍वर्गीय उपहारलाई व्यवहार गर्ने नगन्य असावधानीसँग तिनीहरूको पवित्र उत्साह तुलना गर्नुहोस्। अगमवाणीहरू बुझ्‍न सकिँदैन भनी घोषणा गर्न सन्तुष्‍ट हुने भोग-विलासी, संसार प्रेमी असावधानीपनलाई कस्तो हप्की! MBND 74.3

मानिसहरूका सीमित दिमागहरू असीमित जनका सल्‍लाहहरूभित्र प्रवेश गर्न पर्याप्‍त नभए पनि, वा उहाँका योजनाहरू पूरा गर्ने तरिका पूर्णरूप बुझ्‍न असक्षम भए पनि, प्रायः जसो तिनीहरूले नै कुनै गलत वा बेवास्ता गरेका हुन्छन् कि तिनीहरूले स्‍वर्गका सन्देशहरूलाई हल्का मात्र बुझ्‍न सक्छन्। प्रायः जसो मानिसहरूका दिमागहरू, परमेश्‍‍वरका दासहरूका पनि मानविक विचारहरू, परम्पराहरू र मानिसहरूका झूटा शिक्षाहरूले अन्धो पारेका छन्, कि उहाँले आफ्‍नो वचनमा प्रकट गर्नुभएको महान् कुराहरू तिनीहरू एक भाग मात्र बुझ्‍न सक्छन्। मुक्तिदाता तिनीहरूको साथमै हुँदा पनि ख्रीष्‍टका चेलाहरूमा त्यस्तै थियो। तिनीहरूका दिमागहरू मसीह सांसारिक शासकको रूपमा आउनुहुन्छ भन्‍ने प्रचलित विचारले भरिएको थियो, जसले इस्राएललाई विश्‍‍वव्यापी साम्राज्यको सिंहासनमा उचाल्‍नुपर्नेथियो, र तिनीहरूले उहाँको कष्‍ट र मृत्युका पूर्ववाणीका शब्दहरूको अर्थ बुझ्‍न सकेनन्। MBND 75.1

ख्रीष्‍ट आफैले तिनीहरूलाई सन्देशसाथ पठाउनुभएको थियो: “समय पूरा भएको छ, र परमेश्‍‍वरको राज्य नजिक आइपुगेको छ। पश्‍चात्ताप गर, र सुसमाचारमा विश्‍‍वास गर।” मर्कूस १:१५। त्यो सन्देश दानिएल नौ को अगमवाणीमा आधारित थियो। उनन्सत्तरी हप्‍ताहरू स्‍वर्गदूतले “मसीह राजकुमार”-को समयसम्म विस्तृत हुन्छ भनी घोषणा गरेका थिए, र उच्‍च आशाहरू र हर्षपूर्ण आश्‍‍वासनसाथ चेलाहरूले सारा संसारलाई शासन गर्ने मसीहको राज्य यरूशलेममा स्थापना हुने आशा गरेका थिए। MBND 75.2

तिनीहरू आफैले त्यसको अर्थ गलत बुझे तापनि ख्रीष्‍टले तिनीहरूलाई सुम्पनुभएको सन्देश तिनीहरूले प्रचार गरे। तिनीहरूको घोषणा दानिएल ९:२५मा आधारित भए तापनि त्यही अध्यायको अर्को पदमा मसीह हटाइनेछन् भन्‍ने कुरा तिनीहरूले देखेनन्। तिनीहरूको जन्मदेखि नै पृथ्वीको साम्राज्यको महिमाको आशामाथि तिनीहरूको हृदय स्थापित भएको थियो, यसले अगमवाणीका विशेषताहरू र ख्रीष्‍टका वचनहरूको समझप्रति उस्तै अन्धो बनायो। MBND 75.3

तिनीहरूले यहूदी राज्यलाई कृपाको निमन्‍त्रणा दिने कर्तव्य वहन गरे, र त्यसपछि तिनीहरूले आफ्‍नो परमप्रभुलाई दाऊदको सिंहासनमा विराजमान भएको हेर्ने सट्टामामा तिनीहरूले उहाँलाई कुकर्मीको रूपमा गिरफ्तार गरी कोर्रा लगाएको, खिसी गरेको, दोषी ठहराएको र कलवरीको क्रूसमा झुण्ड्याएको देखे। जब तिनीहरूको प्रभु चिहानमा सुतिरहनुभएको थियो, ती दिनहरूको अवधिमा चेलाहरूको हृदय कस्तो निराश र संतापले छियाछिया भयो! MBND 75.4

ख्रीष्‍ट अगमवाणीद्वारा पूर्ववाणी गरेअनुसार ठीक समय र ढाँचामा आउनुभएको थियो। उहाँको सेवाकार्यमा धर्मशास्‍‍त्रको साक्षीको प्रत्येक कुरा विस्तृतरूपमा पूरा भएको थियो। उहाँले मुक्तिको सन्देश प्रचार गर्नुभएको थियो, र “उहाँको वचन अधिकारपूर्ण थियो।” उहाँका स्रोताहरूको हृदयले गवाही दिएको थियो कि त्यो स्‍वर्गबाट आएको थियो। परमेश्‍‍वरको वचन र आत्माले उहाँको पुत्रको दैवी आदेशको प्रमाण दियो। MBND 76.1

चेलाहरू अझै पनि तिनीहरूको प्रिय मालिकको अमर प्रेममा लागिरहे। तापनि तिनीहरूका दिमागहरू अनिश्‍चितता र शङ्काले भरिएका थिए। तिनीहरूको संतापमा ख्रीष्‍टले उहाँको आउने कष्‍ट र मृत्युमा केन्द्रित गर्नुभएका वचनहरू तिनीहरूले त्यति बेला सम्झन सकेनन्। यदि नासरतको येशू सत्य मसीह हुनुभएको भए तिनीहरू यस्तो सुर्ता र निराशमा पर्नुपर्नेथिए र? जब मुक्तिदाता शबाथको आशाहीन घण्टाहरूको अवधिमा उहाँको चिहानभित्र सुतिरहनुभएको थियो जुन उहाँको मृत्यु र पुनरुत्थान मध्यान्तर थियो, त्यो समयमा यही प्रश्‍नले तिनीहरूको प्राणलाई सताइरहेको थियो। MBND 76.2

शोकको रात यी येशूका चेलाहरूको वरिपरि अन्धकार आइपरे तापनि तिनीहरू त्यागिएका थिएनन्। अगमवक्ता भन्छन्: “म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ। ... उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्‍नेछु।” “तापनि अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन, रात त दिनको उज्यालोजस्तै चम्कनेछ, किनभने अन्धकार तपाईंको निम्ति ज्योतिजस्तै हो।” परमेश्‍‍वरले भन्‍नुभएको छ: “सोझा मानिसहरूका निम्ति ... अन्धकारमा पनि ज्योति उदय हुन्छ।” “म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोऱ्याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्‍नेछैनँ।” मीका ७:८, ९; भजनसंग्रह १३९:१२; ११२:४; यशैया ४२:१६। MBND 76.3

चेलाहरूले प्रभुको नाममा जुन घोषणा गरेका थिए त्यो प्रत्येक दृष्‍टिकोणले सही थियो; र जुन घटना यसले केन्द्रित गरेको थियो सो त्यही समयमा पूरा भइरहेको थियो। “समय पूरा भएको छ, र परमेश्‍‍वरको राज्य नजिकै आइपुगेको छ” भन्‍ने तिनीहरूको सन्देश थियो। “समय”-को अन्तमा ख्रीष्‍टले यर्दनमा यूहन्‍नाबाट बप्‍तिस्मा लिइसक्‍नुभएपछि पवित्र आत्माको अभिषेक ग्रहण गर्नुभएको थियो जुन दानिएल ९को उनन्सत्तरी हप्‍ताहरू मसीह, अर्थात् “अभिषिक्त जन”-को समयसम्म पुग्‍नुपर्नेथियो। अनि तिनीहरूले घोषणा गरेको नजिकै रहेको “परमेश्‍‍वरको राज्य”-चाहिँ ख्रीष्‍टको मृत्युद्वारा स्थापित भयो। यो राज्य तिनीहरूलाई सिकाएको विश्‍‍वासझैँ सांसारिक साम्राज्य थिएन। नता त्यो भविष्य अमरत्‍व राज्यको कुरा गरिएको थियो जब “राज्य, प्रभुत्‍व र सम्पूर्ण आकाशमुनिका राज्यहरूको महानता परमप्रधानका पवित्र जनहरूको जातिलाई दिइनेछन्;” कि त्यो अनन्त राज्यमा “सबै प्रभुत्‍वहरूले उहाँको सेवा गर्नेछन् र उहाँको आज्ञापालन गर्नेछन्।” दानिएल ७:२७ (KJV)। जसरी बाइबलमा यो भनाइ प्रयोग गरिएको छ, “परमेश्‍‍वरको राज्य”-चाहिँ अनुग्रहको राज्य र महिमाको राज्य दुवैलाई देखाउन प्रयोग गरिएको छ। अनुग्रहको राज्यको विषयमा पावलले हिब्रूहरूलाई लेखेको पत्रमा प्रकट गरेका छन्। “हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन” सक्‍ने अनुग्रहकारी मध्यस्थकर्ता ख्रीष्‍टप्रति केन्द्रित गरेपछि, प्रेरित भन्छन्: “यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।” हिब्रू ४:१५, १६। अनुग्रहको सिंहासनले अनुग्रहको राज्यलाई प्रतिनिधित्‍व गर्दछ; किनकि सिंहासनको अस्तित्‍वले एक राज्यको अस्तित्‍वलाई देखाउँदछ। उहाँका दृष्‍टान्तहरूमध्ये धेरैमा ख्रीष्‍टले मानिसहरूका हृदयहरूमा दैवी अनुग्रहको कार्य प्रकट गराउन “स्‍वर्गको राज्य” भन्‍ने भनाइ प्रयोग गर्नुहुन्छ। MBND 76.4

यसर्थ महिमाको सिंहासनले महिमाको राज्यलाई प्रतिनिधित्‍व गर्दछ; र मुक्तिदाताका शब्दहरूमा यो राज्य देखाइएको छ: “जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो सारा महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ। र उसको सामुन्‍ने सबै जातिहरू भेला हुनेछन्।” मत्ती २५:३१, ३२। यो राज्य अझै भविष्यमा नै हुनेछ। यो ख्रीष्‍टको दोस्रो आगमन नहोउञ्‍जेल स्थापना हुँदैन। MBND 77.1

जब दोषी जातिको मुक्तिको योजना बनाइयो, तब मानिसको पतन हुने बित्तिकै अनुग्रहको राज्य स्थापना गरियो। त्यति बेला परमेश्‍‍वरको उद्देश्‍‍यमा र उहाँको प्रतिज्ञाद्वारा त्यो अस्तित्‍वमा आएको थियो; र विश्‍‍वासद्वारा मानिसहरू त्यसको जनता बन्‍न सक्थे। तापनि ख्रीष्‍टको मृत्यु नभएसम्म त्यो वास्तवमा स्थापना भएको थिएन। उहाँ पृथ्वीको कार्यमा प्रवेश गर्नुभएपछि मुक्तिदाता मानिसहरूको अटेरीपन र बैगुनीपनसित थकित हुनुभई उहाँले कलवरीको बलिदान इन्कार गर्न सक्‍नुहुन्थ्यो। गेतसमनीमा शोकको कचौरा उहाँको हातमा काँपेको थियो। उहाँले त्यहाँ पनि उहाँको निधारबाट रगतको पसिना पुछ्‌नुभई दोषी मानवजातिलाई तिनीहरूको अधर्ममा मर्न छोड्‍न सक्‍नुहुन्थ्यो। यदि उहाँले यसो गर्नुभएको भए पतित जातिको लागि कुनै मुक्ति हुनेथिएन। तर जब मुक्तिदाताले उहाँको जीवन अर्पण गर्नुभयो, र उहाँको अन्तिम सासले कराउनुभयो, “अब सिद्धियो,” तब मुक्तिको योजनाको पूर्णता निश्‍चित भयो। अदनमा पापी जोड़ीलाई गर्नुभएको मुक्तिको प्रतिज्ञा प्रमाणित भयो। पहिले परमेश्‍‍वरको प्रतिज्ञाद्वारा रहेको अनुग्रहको राज्य अब स्थापित भयो। MBND 78.1

जुन कुरा चेलाहरूले तिनीहरूको आशाको अन्तिम विनाशको रूपमा हेरेका थिए अर्थात् ख्रीष्‍टको मृत्युले, सदासर्वदाको लागि त्यही आशा निश्‍चय बनायो। यसले तिनीहरूमा क्रूर निराशा ल्याए तापनि यो तिनीहरूको विश्‍‍वास ठीक थियो भन्‍ने कुराको प्रमाणको चरम थियो। जुन घटनाले तिनीहरूलाई विलाप र निराशपूर्ण बनायो, त्यसैले प्रत्येक आदमको बालकलाई आशाको ढोका खोलिदियो, त्यसैमा सम्पूर्ण युगहरूमा रहेका परमेश्‍‍वरका विश्‍‍वासयोग्य जनहरूको भविष्यको जीवन र अनन्त खुशीयालीपन केन्द्रित थियो। MBND 78.2

चेलाहरूको निराशा भए तापनि अपार कृपाका उद्देश्‍‍यहरू पूर्णतामा पुगेका थिए। तिनीहरूको हृदयलाई दैवी अनुग्रह र उहाँको शिक्षाको शक्तिद्वारा जितिएको थियो, जसले “मानिसले जस्तो बोल्‍नुभएन,” तापनि तिनीहरूको येशूप्रतिको प्रेमको शुद्ध सुनसित मिश्रणचाहिँ सांसारिक घमण्ड र स्‍वार्थी अभिलाषाको कमजोर धातु थियो। निस्तार-चाड़को कोठामा गम्भीर घड़ीमा पनि जब तिनीहरूको मालिक गेतसमनीको छायामा प्रवेश गरिसक्‍नुभएको थियो तब “सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो।” लूका २२:२४। जब तिनीहरूको अगि बगैँचाको लाज र संताप, न्याय भवन, कलवरीको क्रूस आइरहेको थियो तब तिनीहरूको विचारमा सिंहासन, मुकुट, महिमाले भरिरहेको थियो। तिनीहरूको हृदयको घमण्ड, तिनीहरूको सांसारिक महिमाको तृष्णाले गर्दा तिनीहरूको समयको झूटो शिक्षा यति पक्‍कासँग धारण गरे, र त्यसैले उहाँको राज्यको साँचो स्‍वभाव र उहाँको आगामी संताप र मृत्युलाई देखाउने मुक्तिदाताको वचनलाई बेवास्ता गराए। अनि यी गल्तीहरूको छेड्‍ने तर आवश्‍‍यकीय जाँच आयो, जसलाई तिनीहरूको सुधारको लागि आउने अनुमति दिएको थियो। चेलाहरूले तिनीहरूको सन्देशको गलत अर्थ लगाएका थिए र तिनीहरूका आशाहरू महसुस गर्न असफल भएका थिए तापनि परमेश्‍‍वरले तिनीहरूलाई दिनुभएको चेतावनी प्रचार गरेका थिए, र परमप्रभुले तिनीहरूको विश्‍‍वासमा इनाम दिनुहुनेथियो र तिनीहरूको आज्ञाकारितालाई आदर गर्नुहुनेथियो। तिनीहरूका प्रभु बौरिउठ्‍नुभएको महिमित सुसमाचार सम्पूर्ण देशहरूलाई घोषणा गर्ने कार्य तिनीहरूलाई नै सुम्पनेथियो। तिनीहरूलाई यही कार्यका लागि तयारी गर्न यति तीतो जस्तो लाग्‍ने अनुभव आउने अनुमति दिइएको थियो। MBND 78.3

उहाँको पुनरुत्थानपछि येशू इम्माउसको बाटोमा उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो, र “मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” लूका २४:२७। यसले चेलाहरूको हृदय छोयो। विश्‍‍वास जीवित भयो। येशू आफै तिनीहरूकहाँ प्रकट हुनुभन्दा अघि नै तिनीहरू “जिउँदो आशामा फेरि जन्म” भएका थिए। उहाँको उद्देश्‍‍य तिनीहरूको समझशक्तिमा प्रकाश दिने र तिनीहरूको विश्‍‍वास “अगमवाणीको निश्‍चित वचन”-मा बलियो पार्ने नै थियो। केवल उहाँको व्यक्तिगत गवाहीको समर्थनद्वारा मात्र होइन, तर साङ्केतिक व्यवस्थाका सङ्केतहरू र छायाहरू अनि पुरानो नियमका अगमवाणीहरूद्वारा प्रस्तुत गरिएको अखण्डनीय प्रमाणको कारण तिनीहरूको दिमागमा सत्यताले जरा गाडेको होस् भन्‍ने उहाँको इच्छा थियो। ख्रीष्‍टको चेलामा एक बुद्धिमानी विश्‍‍वास हुनु आवश्‍‍यक थियो, तिनीहरूको आफ्‍नै खातिर मात्र होइन, तर तिनीहरूले ख्रीष्‍टको ज्ञान संसारमा पुऱ्याउन सकून्। यो ज्ञान प्रदान गर्ने पहिलो पाइलाको रूपमा येशूले चेलाहरूलाई “मोशा र सब अगमवक्ताहरू”-कहाँ लैजानुभयो। बौरिउठ्‍नुभएको मुक्तिदाताद्वारा दिइएको गवाही पुरानो नियमको धर्मशास्‍‍त्रमा यति मूल्यवान् र महत्‍वपूर्ण थियो। MBND 79.1

जब तिनीहरूले अझै एकपल्ट तिनीहरूको मालिकको प्रिय अनुहार हेरे तब चेलाहरूको हृदयमा कस्तो परिवर्तन भयो! लूका २४:३२। तिनीहरूले पहिले भन्दा पनि अझै पूर्ण र पूरा समझले उहाँलाई पाए, “जसको विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखे।” अनिश्‍चितता, संताप, निराशपनको सट्टामा पूर्ण भरोसा र स्‍वच्छ विश्‍‍वास आयो। कति अचम्मको कुरा भयो कि उहाँको स्‍वर्गारोहणपछि पनि “तिनीहरू परमेश्‍‍वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।” (KJV)। मानिसहरूले मक्तिदाताको लज्‍जापूर्ण मृत्युलाई मात्र देखेर तिनीहरूको अनुहारमा शोक, अलमल्‍ल र पराजित भएको हेर्न भनी नजर लगाए; तर तिनीहरूले त्यहाँ हर्ष र विजय देखे। यी चेलाहरूले तिनीहरूको अगाड़ि भएको कामको लागि कस्तो तयारी प्राप्‍त गरेका थिए! तिनीहरूले अनुभव गर्न सम्भव हुने गहिरो जाँच तिनीहरूले पार गरेका थिए, र जब मानविक दृष्‍टिमा सबै हराएको थियो, तब कसरी परमेश्‍‍वरको वचन विजयसाथ पूरा भएको देखियो। त्यहाँदेखि यता तिनीहरूको विश्‍‍वास हतोत्साहित वा तिनीहरूको प्रेमको जोश ठन्डा पार्न केले सक्थ्यो र? तिनीहरूमा आएको गहिरो शोकमा तिनीहरूले “बलियो सान्त्‍वना” (KJV) पाए, एक आशा जुन “हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ।” हिब्रू ६:१८, १९। तिनीहरू परमेश्‍‍वरको बुद्धि र शक्तिको गवाही भएका थिए, र तिनीहरूलाई “पक्‍का गरी” भयो, “कि मृत्युले वा जीवनले, स्‍वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएको कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍‍वरको प्रेमबाट” तिनीहरूलाई अलग गर्न सक्‍नेथिएन। तिनीहरूले भने, “होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं।” रोमी ८:३८, ३९, ३७। “प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” १ पत्रुस १:२५। “दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्‍ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्‍‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।” रोमी ८:३४। MBND 79.2

परमप्रभु भन्‍नुहुन्छ: “मेरो प्रजा फेरि कहिल्यै लज्‍जित हुनेछैन।” योएल २:२६। “आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ।” भजनसंग्रह ३०:५। जब उहाँको पुनरुत्थानको दिनमा यी चेलाहरूले मुक्तिदातालाई भेट्टाए, र जसरी उहाँको वचन सुन्दा तिनीहरूको हृदय भित्र-भित्रै जल्यो; जब तिनीहरूले टाउको र हातहरू र पाउलाई हेरे जुन तिनीहरूका निम्ति चोट पारिएको थियो; जब उहाँको स्‍वर्गारोहणभन्दा अगाड़ि येशूले तिनीहरूलाई बेथानीभन्दा पारि लानुभयो, र उहाँले आशिष् दिन आफ्‍ना हात उठाउनुभयो र तिनीहरूलाई आदेश दिनुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर,” र अझै भन्‍नुभयो, “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” (मर्कूस १६:१५; मत्ती २८:२०); जब पेन्तिकोसको दिनमा प्रतिज्ञा गरिएका सल्‍लाहकार आउनुभयो र सर्वोच्‍चबाट शक्ति प्रदान गर्नुभयो र विश्‍‍वासीहरूको आत्मा तिनीहरूको स्‍वर्गारोहण हुनुभएको प्रभुको उपस्थितिलाई थाहा गरी हर्षित भए—तब तिनीहरूका मार्ग उहाँको जस्तै बलिदान र सहिदको भए तापनि, के तिनीहरूले उहाँको आगमनमा प्राप्‍त गरिने “धार्मिकताको मुकुट” साथै उहाँको अनुग्रहको सुसमाचारको कार्य पृथ्वीको सिंहासनको महिमा जुन तिनीहरूको अघिल्‍लो चेलापनको आशा थियो त्यससँग साट्‍नेथिए त? उहाँ जसले “हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्‍नुहुन्छ,” उहाँले तिनीहरूलाई उहाँको कष्‍टको सहभागी हुन र उहाँको आनन्दको हिस्सा प्रदान गर्नुभयो—“धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा”-को आनन्द, अवर्णनीय आनन्द, “अनन्तको महान् महिमा”-सँग “हाम्रो हलुको र क्षणभरको कष्‍ट”-चाहिँ “तुलना गर्न योग्य छैनन्” भनी पावलले भन्छन्। MBND 80.1

ख्रीष्‍टको पहिलो आगमनमा चेलाहरूको अनुभव जसले “राज्यको सुसमाचार” प्रचार गरे त्यस्तै अनुभव उहाँको दोस्रो आगमनको सन्देश घोषणा गर्नेहरूले अनुभव गरे। जसरी चेलाहरूले “समय पूरा भएको छ, परमेश्‍‍वरको राज्य नजिक आइपुगेको छ” भनी प्रचार गरे, त्यसरी नै मिलर र तिनका साथीहरूले घोषणा गरे कि बाइबलमा प्रकाशित सबभन्दा लामो र अन्तिम अगमवाणीको अवधि समाप्‍त हुनै लागेको थियो, कि न्याय नजिकै आएको छ, र अनन्तको राज्य प्रवेश हुनुपर्नेथियो। समयको विषयमा चेलाहरूको प्रचारचाहिँ दानिएल ९को सत्तरी हप्‍तामाथि आधारित थियो। मिलर र तिनका साथीहरूले प्रकट गरेको सन्देशले दानिएल ८:१४को २३०० दिनहरूको अन्त घोषणा गऱ्यो, जसको एउटा भागचाहिँ सत्तरी हप्‍ताहरू हुन्। प्रत्येकको प्रचार एउटै महान् अगमवाणीको अवधिको विभिन्‍न अंशको पूर्णतामाथि आधारित थियो। MBND 81.1

अघिल्‍ला चेलाहरूले झैँ विलियम मिलर र तिनका साथीहरूले आफैले सिकाएको सन्देशको महत्‍व पूर्णरूपमा बुझ्‍न सकेनन्। लामो समयदेखि चर्चमा स्थापना भएको गल्तीले गर्दा अगमवाणीको एक महत्‍वपूर्ण भागको ठीक अर्थमा पुग्‍न तिनीहरूलाई बाधा दियो। त्यसकारण परमेश्‍‍वरले तिनीहरूलाई संसारमा सुनाउन भनी सुम्पनुभएको सन्देश तिनीहरूले घोषणा गरे तापनि, यसको अर्थ गलतरूपमा बुझेको कारण तिनीहरूले नैराश्‍‍य सहनुपरेको थियो। MBND 81.2

दानिएल ८:१४ (KJV)-को “दुई हजार तीन सय दिनसम्म, त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ” भन्‍ने कुरालाई वर्णन गर्दा मिलरले पृथ्वी नै पवित्रस्थान हो भन्‍ने प्रचलित भनाइलाई विश्‍‍वास गरे र तिनले विश्‍‍वास गरे कि पवित्रस्थान शुद्ध हुनुपर्ने भनेको प्रभुको आगमनमा आगोद्वारा पृथ्वीलाई शुद्ध गर्ने कुरालाई प्रतिनिधित्‍व गर्दछ। त्यसकारणले जब तिनले २३०० दिनहरूको अन्त्य स्पष्‍टसित पूर्ववाणी गरिएको कुरा थाहा पाए तब तिनले यो निष्कर्ष निकाले कि यसले दोस्रो आगमनको समयलाई प्रकट गर्दछ। तिनले पवित्रस्थानले केलाई देखाउँछ भन्‍ने प्रचलित विश्‍‍वास ग्रहण गर्नु तिनको गल्ती थियो। MBND 81.3

ख्रीष्‍टको बलिदान र पूजाहारित्‍वको छाया हुने साङ्केतिक प्रणालीमा पवित्रस्थान शुद्ध पार्ने कार्य वार्षिक सेवाकार्यको चक्रको अन्तिम चाड़ थियो जुन प्रधान पूजाहारीले गर्दथ्यो। यो प्रायश्‍चित्तको कामको अन्त्य थियो—इस्राएलीहरूबाट पाप हटाउनु वा अलग राख्‍नुपर्नेथियो। यसले हाम्रा प्रधान पूजाहारीले उहाँका मानिसहरूको पाप हटाउने वा मेटाउने स्‍वर्गमा भएको अन्तिम कार्यलाई देखायो, जुन पाप स्‍वर्गको अभिलेखहरूमा लेखिएका छन्। यस सेवामा छानबिनको अर्थात् न्यायको काम समावेश हुन्छ; त्यसपछि तुरुन्तै आकाशका बादलहरूमा शक्ति र महिमासाथ ख्रीष्‍टको आगमन हुन्छ; किनकि जब उहाँ आउनुहुन्छ प्रत्येक मुद्दा निश्‍चित भइसकेको हुन्छ। येशू भन्‍नुहुन्छ: “हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।” प्रकाश २२:१२। यही न्यायको कार्यले तुरुन्तै दोस्रो आगमनको लागि तयारी गर्छ, त्यो प्रकाश १४:७मा पहिलो स्‍वर्गदूतको सन्देशमा घोषणा गरिएको छ, “परमेश्‍‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँका इन्साफको घड़ी आएको छ।” MBND 82.1

ज-जसले यो चेतावनी घोषणा गरे तिनीहरूले ठीक समयमा ठीक सन्देश दिए। तर जसरी दानिएल ९को अगमवाणीमा आधारित अघिल्‍लो चेलाहरूले घोषणा गरे: “समय पूरा भएको छ, र परमेश्‍‍वरको राज्य नजिक आइपुगेको छ,” त्यही अध्यायमा मसीहको मृत्युको पनि पूर्ववाणी गरेको कुरा तिनीहरू बुझ्‍न असफल भए, त्यसरी नै मिलर र तिनका साथीहरूले दानिएल ८:१४ र प्रकाश १४:७मा आधारित सन्देश प्रचार गरे, र तिनीहरूले प्रकाश १४मा अझै अरू सन्देशहरू पनि प्रकट गरेको छ भन्‍ने कुरा बुझ्‍न असफल भए, जुन कुराहरू परमप्रभुको आगमनभन्दा अगाड़ि दिनुपर्नेथियो। जसरी चेलाहरूले सत्तरी हप्‍ताको अन्तमा राज्य स्थापना हुने कुरालाई गलत अर्थ लगाएका थिए, त्यसरी प्रभुको आगमनको प्रतीक्षामा रहेकाहरूले २३०० दिनहरूको अन्त्यमा घट्‍नुपर्ने घटनाको विषयमा गलत अर्थ लगाएका थिए। दुवै अवस्थामा प्रचलित झूटहरूलाई स्‍वीकार, वा आत्म-सात्‌ गर्दा सत्यताप्रति दिमागलाई नै अन्धा बनाइदियो। दुवै वर्गहरूले परमेश्‍‍वरको इच्छाअनुसारको सन्देश प्रस्तुत गरे र तिनीहरू दुवैले आफ्‍नै सन्देशको गलत बुझाइले नैराश्‍‍यता भोगे। MBND 82.2

तापनि परमश्‍‍वेरले न्यायको चेतावनी प्रदान गर्ने अनुमति दिनुभएर उहाँको लाभदायिक उद्देश्‍‍य पूरा गर्नुभयो। महान् दिन नजिकै थियो, र उहाँको कृपाले मानिसहरूलाई निश्‍चित समयको जाँच ल्याइयो ताकि तिनीहरूको हृदयमा के थियो भनी प्रकट हुन सकोस्। सन्देशचाहिँ चर्चको जाँच र शुद्धीकरणको लागि सृजना गरिएको थियो। तिनीहरूको माया यस संसारमाथि वा ख्रीष्‍ट र स्‍वर्गमाथि स्थापित भएको छ भनी तिनीहरूलाई देख्‍ने मौका दिइयो। तिनीहरूले मुक्तिदातालाई माया गर्ने दाबी गरेका थिए; अब तिनीहरूले आफ्‍ना माया प्रमाणित गर्नुपर्नेथियो। के तिनीहरू आफ्‍ना सांसारिक आशाहरू र अभिलाषाहरू इन्कार गर्न, र तिनीहरूको परमप्रभुको आगमनलाई आनन्दसित स्‍वीकार गर्न तयार थिए त? सन्देशचाहिँ तिनीहरूको वास्तविक आत्मिकी अवस्था चिन्‍न सक्षम पार्न तयार गरिएको थियो; यो पश्‍चात्ताप र नम्रतामा परमप्रभुलाई खोज्‍न उत्साहित पार्न कृपासाथ पठाइएको थियो। MBND 82.3

तिनीहरूले प्रचार गरेको सन्देशको गलत अर्थले नैराश्‍‍यता ल्याए तापनि त्यसलाई भलाइको निम्ति शासन गरिनुपर्नेथियो। जसले चेतावनी स्‍वीकार गर्ने दाबी गरेका थिए तिनीहरूका हृदयहरू जाँच्‍नुपर्नेथियो। तिनीहरूको नैराश्‍‍यताका सामु तिनीहरूले बेसावधानीसाथ तिनीहरूको अनुभव छोड्‍नेथिए र परमेश्‍‍वरको वचनमाथि भएको भरोसा हटाउनेथिए र? अथवा के तिनीहरूले प्रार्थना र दीनतामा अगमवाणीको महत्‍व बुझ्‍न कहाँ असफल भएका थिए भनी विचार गर्ने प्रयास गर्नेथिएनन्? कति जना भय वा मनोवेग र उत्तेजनाबाट चलेका थिए? कति जना अर्ध मनका र अविश्‍‍वासी थिए? हजारौँ मानिसहरूले परमप्रभुको आगमनलाई माया गर्ने दाबी गरे। जब संसारको गिल्‍ला र घृणा, र ढिलाइ र निराशको जाँच सहनुपर्दा, के तिनीहरूले विश्‍‍वासलाई इन्कार गर्थे त? तिनीहरूले तुरुन्तै परमेश्‍‍वरले तिनीहरूसित गर्नुहुने व्यवहार नबुझेका कारणले, के तिनीहरूले उहाँको वचनको सबभन्दा स्पष्‍ट गवाहीद्वारा कायम गरेका सत्यताहरूलाई हटाउने त? MBND 83.1

तिनीहरू जसले परमेश्‍‍वरको वचन र आत्माबाट हो भनी विश्‍‍वास गरेका शिक्षाहरू साँचो दृढ विश्‍‍वासका साथ पालन गरेका थिए, तिनीहरूका सामर्थ्य यो जाँचले प्रकट गर्नेथियो। बाइबललाई त्यसको अनुवादक बनाउनुको सट्टामा मानिसहरूको वर्णन र सिद्धान्तहरू स्‍वीकार गर्ने जोखिम यस्तो अनुभवले मात्र तिनीहरूलाई सिकाउन सक्थ्यो। विश्‍‍वासको सन्तानमा तिनीहरूको गल्तीबाट आएको शोक र चिन्ताले आवश्‍‍यकीय सुधारको कार्य गरेको थियो। तिनीहरूलाई अगमवाणीको वचनलाई अझै गहिरो अध्ययन गर्न अगुवाइ गरिनेथियो। तिनीहरूको विश्‍‍वासको जग अझै सावधानसाथ जाँच गर्न र जुन सत्यता धर्मशास्‍‍त्रहरूमाथि जग बसालिएको छैन सो इसाईजगत्‌ले जति नै व्यापकरूपले ग्रहण गरे पनि प्रत्येक थोकलाई अस्‍वीकार गर्न सिकाएको थियो। MBND 84.1

यी विश्‍‍वासीहरूलाई पनि अघिल्‍ला चेलाहरूमा झैँ जुन कुरा जाँचको समयमा तिनीहरूको समझमा अन्धकार देखिएको थियो त्यही कुराहरू पछि स्पष्‍ट बन्‍न जानेथियो। जब तिनीहरूले “प्रभुको अभिप्राय” देख्‍नेथिए तब तिनीहरूलाई थाहा हुनेथिए कि गलतको परिणाम स्‍वरूप परीक्षा आए तापनि तिनीहरूप्रति भएको उहाँको प्रेमको उद्देश्‍‍यहरू नियमितरूपमा पूरा भयो। तिनीहरूले आशिष्‌को अनुभवद्वारा सिक्‍नेथिए कि उहाँ “कस्तो करुणामय र कृपालु” हुनुहुन्छ कि “उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍‍वासयोग्य हुन्छन्।” MBND 84.2