परमेश्वर हामीहरूसँग
अनन्तको योजना खोलिएको
हाम्रो मुक्तिको योजना एक पछिल्लो विचार अर्थात् आदमको पतनपश्चात व्यवस्थापन गरिएको योजना थिएन । तर यो ता “रहस्यको प्रकाशबमोजिम; जो युगयुगदेखि गुप्त रहेको थियो” (रोमी १६:२५) । यो ती सिद्वान्तका प्रकाशन थिए, जुन सनातनदेखि परमेश्वरको सिंहासनको जग बन्दैआएका छन् । शुरुदेखि नै शैतानको छलको बारेमा परमेश्वर र ख्रीष्टलाई थाहा थियो । र त्यही छलको कारण मानिसको पतन हुने कुरा उहाँलाई विधित थियो । परमेश्वरले पापको अस्तित्व हुनुपर्छ भनेर यसको नियुक्ति गर्नुभएको थिएन, तर उहाँले यसको अस्तित्वलाई पहिले नै देख्नुभयो र यसको भयानकतालाई सामना गर्ने उपाय रच्नुभयो । संसारको लागि उहाँको प्रेम यति उच्च थियो कि उहाँले आफ्ना एक मात्र पुत्रलाई संसारलाई दिने प्रतिज्ञा गर्नुभयो, ताकि “उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) । PHs 5.1
लुसिफरले भनेको थियो, “परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु ... म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु” (यशैया १४:१३, १४), तर ख्रीष्ट “परमेश्वरको रूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन, तर आफैलाई रित्याईकन कमाराको रूप धारण गरेर, तथा मानव भएर जन्मनुभयो” (फिलिप्पी २:६, ७) । PHs 5.2
यो उहाँको एक स्वेच्छीक बलिदान थियो । येशू परमेश्वरसँग नै बस्न सक्नुहुन्थ्यो । उहाँले स्वर्गको महिमा र स्वर्गदूतको भक्ति आफूसित नै रहन दिन सक्नुहुनेथियो । तर उहाँले राजदण्डलाई पिताको हातमा फिर्ता गरेर जगतको सिंहासनबाट ओह्रल्ने रोजाइ गर्नुभयो, ताकि अन्धकारमा परेका र जीवन गुमाउन लागेकालाई उहाँले ज्योतिमा ल्याउन सक्नुहुनेछ । PHs 5.3
लभभग दुई हजार वर्ष अगाडि स्वर्गमा परमेश्वरको सिंहासनबाट एउटा रहस्यमय आवाज सुनियो । “हेर, म आउँछु” “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ । होमबलि र पापबलिहरूमा तपाईं प्रशन्न हुनुहुन्न । तब मैले भने, ‘हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठ्ठोमा मेरो बारेमा लेखिएजस्तै तपाईंकै इच्छा पूरा गर्न म आएको छु’” (हिब्रु १०:५-७) । यी शब्दहरूमा सनातनदेखि रहस्यमय रूपमा रहेको उद्देश्यको परिपूर्णतालाई घोषणा गरिएको छ । ख्रीष्ट मानव रूप धारण गर्न र यस संसारमा आउनै लाग्नुभएको थियो । उहाँले भन्नुभयो, “तपाईंले एउटा शरीर तयार पार्नुभएको छ । यदि उहाँ संसारको अस्तित्व हुनुअघि पिताको साथ हुनुहुँदा भएको महिमामा ज्योतिका साथ आउनुभएको भए हामी उहाँको उपस्थितको ज्योति अगाडि टिक्नै सक्ने थिएनौं । हामीले त्यस ज्योतिलाई हेर्न सकौं र नष्ट नहोआैं भनेर नै उहाँको महिमाको प्रकाशन छोपियो । उहाँको ईश्वरीयपनलाई मनुष्यत्वद्वारा ढाकियो— अदृष्य महिमा सदृष्य मानव रूपमा देखा पऱ्यो । PHs 6.1
यस महान् उद्देश्यलाई प्रतिरूप र चिन्हहरूद्वारा छोपिएको थियो । जुन बलिरहेको पोथ्राबाट ख्रीष्ट मोशाको सामुन्ने देेखा पर्नुभयो, उहाँले परमेश्वरको बारेमा प्रकट गर्नुभयो । परमेश्वरका बारेमा प्रतिनिधित्व गर्न चुनिएको चिन्ह एक तुच्छ झाडी थियो, जुन हेर्नमा खास आकर्षक थिएन । यसले अनन्ततालाई दर्शायो । दया सागर प्रभुले आफ्नो महिमा त्यसरी एक अति नम्र रूपमा दर्शाउनुभयो, जसलाई मोशाले हेरेर बाँच्न सक्दथे । त्यसै गरी दिनमा बादलको खम्बा र रातमा आगोको खम्बा भै परमेश्वरले उहाँको इच्छा र महिमाको बोध गराउनुहुँदै इस्राएलीहरूसित वार्तालाप गर्नुभयो । परमेश्वरको महिमा दमन गरिएको र उहाँको गौरवलाई राजसपिनाले ढाकिएको थियो, ताकि कमजोर सिमित मानिसको दृष्टिले पनि यसलाई देख्न सकोस् । तसर्थ ख्रीष्ट यस संसारमा “हाम्रा हीन शररी” धारण गरी आउनुपर्नेथियो “मानिसको स्वरूपमा” (फिलिप्पी ३:२१) । संसारको नजरमा उहाँमा त्यस्तो केहि सुन्दरता थिएन, जसद्वारा तिनीहरूले उहाँलाई मन पराउनेछन्, तर उहाँ मानवरूपी परमेश्वर हुनुहुन्थ्यो जो स्वर्ग र पृथ्वीका ज्योति हुनुहुन्छ । उहाँको महिमा ढाकिएको थियो, उहाँको महान्ता र गौरव लुकाइएको थियो, ताकि उहाँ दुःखी र परीक्षामा परेका मानिसका नजीक जान सक्नुहुनेछ । PHs 6.2
परमेश्वरले इस्राएलको लागि मोशालाई आज्ञा दिनुभयो, “म तिनीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्थान बनाओस्” र उहाँ त्यस पवित्रस्थानमा रहनुभयो, आफ्ना जनहरूको बीचमा (प्रस्थान २५:८) । उजाड-स्थानको ती सबै थकाइपूर्ण यात्रा अवधिमा उहाँको उपस्थितिको चिन्ह तिनीहरूसँग थियो । एवम् रीतले ख्रीष्टले पनि मानव शिविरको बीचमा उहाँको पवित्रस्थान बसाउनुभएको छ । उहाँले आफ्नो पाल मानिसको पालसँगै गाड्नुभयो, ताकि उहाँ हामीसँग बस्न सक्नुहुनेछ र हामीलाई उहाँको ईश्वरीय चरित्र र जीवनको बारेमा परिचित गर्न सक्नुहुनेछ । “अनि वचन देहधारी हुनुभयो, र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो, र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो (हामीले उहाँको महिमा देख्यौ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो)” (यूहन्ना १:१४) । PHs 7.1
येशू हामीसँग रहन आउनुभएको हुनाले हामीलाई यो थाहा छ कि परमेश्वर हाम्रा परीक्षाहरूका बारेमा परिचित हुनुहुन्छ र हाम्रा शोकहरूप्रति शान्त्वना दिनुहुन्छ । आदमका सबै छोराछोरीले यो बुझ्नेछन्, कि हाम्रा सृष्टिकर्ता पापीहरूका मित्र हुनुहुन्छ । किनकि प्रत्येक महिमाको सिद्वान्तमा, हरेक खुशीको प्रतिज्ञामा, प्रत्येक प्रेमको कार्यमा मुक्तिदाता संसारमा रहनुहुँदा उहाँको जीवनद्वारा प्रस्तुत गरिएको प्रत्येक ईश्वरीय आकर्षणमा हामीले “परमेश्वर हामीहरूसँग” भएको देख्दछौं । PHs 7.2