महान् विवाद अन्धकारदेखि ज्योतिमा

17/18

१५ — बाइबल र फ्रान्सको क्रान्ति

(अंग्रेजी पुस्तक अध्याय १५ पृष्‍ठ २६५)

सोह्रऔँ शताब्दीमा मानिसहरूका माझमा खुल्‍ला बाइबल प्रकट गरेर युरोपका सबै देशहरूमा सुधार-कार्यले प्रवेश गर्ने प्रयास गऱ्यो । कुनै-कुनै राज्यहरूले त्यसलाई स्‍वर्गका समाचारवाहकको रूपमा हर्षसाथ स्‍वीकार गरे । अरू राज्यहरूमा पोपतन्‍‍त्रले त्यसको प्रवेशमा बाधा लगाउन ठूलो सफलता हासिल गऱ्यो; र त्यसको उच्‍च पार्ने प्रभावहरू बाइबलमा भएको ज्ञानको ज्योति प्रायः पूर्ण निषेध गरेको थियो । एउटा देशमा ज्योति प्रवेश गरेतापनि अन्धकारले गर्दा र त्यो बुझिइएको थिएन । शताब्दीओँसम्म सत्य र असत्य विजयका लागि संघर्ष भई नै रह्यो । अन्तमा झूटले विजय हासिल गऱ्यो र स्‍वर्गको सत्यता बहिष्कार गऱ्यो । “फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए ।” यूहन्‍ना ३:१९ । राज्यले चुनेको कार्यको परिणाम स्‍वरूप त्यसलाई कटनी गर्न छोडियो । मानिसहरूबाट परमेश्‍‍वरको आत्माको नियन्‍‍त्रण हटाइयो जसले उहाँको अनुग्रहको उपहार घृणा गरेको थियो । दुष्‍टतालाई परिपक्‍क हुने अवसर दिइयो । अनि ज्योतिको स्‍वेच्छिक इन्कारको फल सारा संसारले देखे । MBAJ 289.1

फ्रान्समा बाइबल विरोधी लड़ाइँ धेरै शताब्दीदेखि भइरहेको थियो, त्यो क्रान्तिका दृश्‍‍यहरू त्यसको पूर्ण चरम सीमामा पुगेका थिए । त्यो डरलाग्दो विद्रोह नै रोमको धर्मशास्‍‍त्रको दबाबको उचित परिणाम थियो । (एपेण्डिक्समा हेर्नुहोस्) । त्यसले आकर्षक उदाहरण प्रस्तुत गऱ्यो जुन संसारले पोपतन्‍‍त्रको अभिप्राय यसरी कार्यान्वयन भएको कहिल्यै पनि देखेको थिएन—रोमन चर्चले एक हजार वर्षभन्दा अधिक समयसम्म सिकाइरहेको कुराको परिणामहरूको रूपमा त्यो एउटा उदाहरण थियो । MBAJ 289.2

पोपतन्‍‍त्रको सर्वोच्‍चतामा धर्मशास्‍‍त्रलाई दबाउनेछ भनी अगमवक्ताहरूले अगमवाणी गरेका थिए; र “पापको मानिस” को प्रभुत्‍वबाट विशेष गरेर फ्रान्समा डरलाग्दो परिणामहरू वृद्धि हुनेछ भनी प्रकाशको लेखकले पनि ध्यान केन्द्रित गराएका थिए । MBAJ 289.3

परमप्रभुको दूतले भने: “बयालीस महिनासम्म पवित्र सहरलाई तिनीहरूले कुल्‍चीमिल्‍ची गर्नेछन् । मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भाङग्राको वस्‍‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु । ... तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्धयाइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ । तिनीहरूका लाश त्यस ठूलो शहरको सड़कमा पड़िरहनेछन्, जुन सहरलाई दृष्‍टान्तको रूपमा सदोम र मिश्र भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो । ... पृथ्वीमा रहनेहरू तिनीहरूका मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन । किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई शास्ती दिएका थिए । साढ़े तीन दिनपछि परमेश्‍‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पसे, र तिनीहरू आफ्‍ना गोड़ामा खडा भए, अनि तिनीहरूलाई देख्‍नेहरूमाथि ठूलो डर छायो ।” प्रकाश ११:२-११ । MBAJ 290.1

यहाँ कुरा गरिएको समय अवधि—“बयालीस महिना” र “एक हजार दुई सय साठी दिनहरू”—एउटै हुन्, त्यसरी नै ख्रीष्‍टको चर्चले रोमबाट अत्याचार भोग्‍नुपर्ने समयलाई प्रतिनिधित्‍व गर्दछ । १२६० वर्षहरू पोपको सर्वोच्‍चता ५३८ ए. डी. मा सुरु भयो, त्यसैगरी १७९८मा यसको अन्त हुने कुरा थियो । (एपेण्डिक्समा हेर्नुहोस् पृष्‍ट ५४) । त्यो समयमा फ्रान्सका सेनाहरू रोममा प्रवेश गरे र पोपलाई कैदी बनाए, त्यही कैदी अवस्थामा उसको मृत्यु भयो । चाँडै नै एउटा नयाँ पोप नियुक्त भएतापनि पोपतन्‍‍त्रीय शासनले पहिलेको शक्तिझैँ कहिल्यै पनि चलाउन सकेन । MBAJ 290.2

चर्चको सतावट पूरा १२६० वर्षका समय अवधिसम्मै भइरहेन । परमेश्‍‍वरको कृपामा आफ्‍ना मानिसहरूका खातिर अग्‍निमय परीक्षाको समय घटाइदिनुभयो । चर्चमा आउने “महान् सङ्कष्‍ट”-को विषयमा अगमवाणी गर्दै मुक्तिदाताले भन्‍नुभयो: “ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍ने थिएन, तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन् ।” मत्ती २४:२२ । सुधार-कार्यको प्रभावद्वारा सतावट १७९८भन्दा अगाडि नै अन्त भयो । MBAJ 290.3

दुई साक्षीहरूको विषयमा अगमवक्ता अझै घोषणा गर्दछन्: “पृथ्वीका प्रभुको सामुन्‍ने खडा रहेका जैतुनका दुई रूखहरू र दुई सामदानहरू यी नै हुन् ।” भजनसंग्रहको लेखक भन्दछन्: “तपाईंका वचन मेरा गोड़ाका निम्ति बत्ती, र मेरो बाटाको निम्ति उज्यालो हो ।” प्रकाश ११:४; भजनसंग्रह ११९:१०५ । दुई साक्षीले धर्म शास्‍‍त्रको पुरानो र नयाँ नियमलाई प्रतिनिधित्‍व गर्दछ । यी दुवै परमेश्‍‍वरको नियमको सुरुवात् र चिरस्थायीसम्मको महत्‍वपूर्ण गवाहीहरू हुन् । यी दुवै मुक्तिको योजनाको पनि गवाहीहरू हुन । प्रतीकहरू, बलिदान र पूरानो निमयका अगमवाणीहरूले मुक्तिदाताको आगमनलाई दर्शाउँदछन् । नयाँ नियमका सुसमाचारका पुस्तकहरू र पत्रहरूले नकल र अगमवाणीहरूद्वारा पूर्ववाणी गरिएअनुसार ठीक ढाँचामा मुक्तिदाता आउनुभएको कुरालाई दर्शाउँदछन् । MBAJ 290.4

“मेरा दुई साक्षीहरूलाई एक हजार दुई सय साठी दिनसम्म भङग्राको वस्‍‍त्र लाएर अगमवाणी बोल्‍ने शक्ति म दिनेछु ।” प्रायजसो समय अवधिमा परमेश्‍‍वरका साक्षीहरू अज्ञात् अवस्थामा रहेका थिए । पोपको शक्तिले मानिसहरूबाट सत्यताको वचन लुकाउने प्रयास गरियो र तिनीहरूका सामुन्‍ने त्यसको गवाहीको विरोधमा झूटो साक्षीहरू खडा गरियो । (एपेण्डिक्समा हेर्नुहोस्) । जब धार्मिक र सांसारिक अधिकारद्वारा धर्मशास्‍‍त्र निषेध गरियो; जब त्यसको गवाही भ्रष्‍ट पारियो, तब मानिसहरूका दिमागलाई त्यसबाट फर्काउन मानिसहरू र भूतहरूले आविष्कार गर्ने यथाशक्‍य प्रत्येक प्रयत्‍न गरे; जसले त्यसका पवित्र सत्यताहरूलाई घोषणा गर्ने साहस गर्दथ्यो त्यसको शिकार खेलिन्थ्यो, विश्‍‍वासघात् गरिन्थ्यो, यातना दिइन्थ्यो, कालकोठरीमा थुनेर राखिन्थ्यो, वा तिनीहरूका विश्‍‍वासका खातिर तिनलाई मारिन्थ्यो वा पहाड़का किल्‍लाहरूतिर शरण लिन भाग्‍नुपर्दथ्यो, अथवा पृथ्वीको गुफा र ओड़ारहरूमा भाग्‍नुपर्दथ्यो—तब विश्‍‍वासयोग्य साक्षीहरूले भाङग्रा लाएर अगमवाणी गर्दथ्यो । तापनि तिनीहरूले आफ्‍नो गवाही १२६०को सम्पूर्ण समयावधिभरि नै निरन्तर दिइरहे । सबभन्दा अन्धकारका समयमा पनि कुनै न कुनै विश्‍‍वासयोग्य मानिसहरू थिए जसले परमेश्‍‍वरको वचनलाई माया गर्दथे जो उहाँलाई आदर दिन उत्सुक थिए । यो समय अवधिभरि नै यी बफादारी दासहरूलाई उहाँको सत्यता घोषण गर्न बुद्धि, शक्ति र अधिकार प्रदान गर्नुभयो । MBAJ 291.1

“यदि कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गऱ्यो भने, तिनीहरूका मुखबाट निस्केको आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गऱ्यो भने त्यो त्यही किसिमले मारिनेछ ।” प्रकाश ११:५ । मानिसहरूले सजायमुक्त अवस्थामा परमेश्‍‍वरको वचनलाई कुल्‍चीमिल्‍ची गर्न सक्दैनन् । यो डरलाग्दो चेतावनीको अर्थ प्रकाशको अन्तिम अध्यायमा प्रस्तुत गरिएको छ: “यस पुस्तकको भविष्यवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु—कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍‍वरले यस पुस्तकमा लेखिएका माहामारीहरू त्यसमाथि थप्‍नुहुन्छ; अनि कुनै मानिसले यस भविष्यवाणीका पुस्तकका वचनहरूबाट निकाल्यो भने परमेश्‍‍वरले जीवनको पुस्तकबाट, पवित्र शहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट त्यसको भाग निकालिदिनुहुनेछ ।” प्रकाश २२:१८-१९ (KJV) । MBAJ 292.1

उहाँले प्रकट गर्नुभएको वा आज्ञा गर्नुभएको कुरा परिवर्तन नगरून् भनी मानिसहरूलाई रक्षा गर्न यस्तो चेतावनीहरू दिनुभएको छ । जसले परमेश्‍‍वरको व्यवस्था तिनीहरूका प्रभावद्वारा हलुका प्रकट गर्दछन् तिनीहरू सबका लागि यो गम्भीर चेतावनी उपयुक्त हुन्छ । जसले खेलाँची गरेर परमेश्‍‍वरको व्यवस्था माने वा नमाने पनि केही फरक पार्दैन भनी घोषणा गर्दछन् ती कुराहरूले तिनीहरूमा भय र कम्प छाउनुपर्छ । जसले दैवी प्रकाशभन्दा आफ्‍नो विचारलाई उच्‍च पार्दछ, जसले धर्मशास्‍‍त्रको स्पष्‍ट अर्थलाई तिनीहरूको आफ्‍नै सहजतासँग मिल्दो-जुल्दो तरिकाले वा संसारसँग मिल्‍न परिवर्तन हुन्छन्, तिनीहरू सबैले आफैमाथि डरलाग्दो जिम्मेवारी बोकेका हुन्छन् । परमेश्‍‍वरको व्यवस्था लिखित वचनले सबै मानिसहरूका चरित्रलाई नाप्‍नेछ र अचूक जाँचमा हल्का भेटिइने सबै जना दोषी ठहरिनेछन् । MBAJ 292.2

“तिनीहरूले आफ्‍नो गवाहीको काम सिद्धयाइसकेपछि [सिद्धयाइरहेको बेला] ।” दुई साक्षीले भाङ्ग्राको लुगा लाएर अगमवाणी गर्नुपर्ने समय अवधि १७९८मा पूरा भयो । जब तिनीहरू अज्ञात्रूपमा आफ्‍नो कामको अन्ततिर आएका थिए, तब “अतल कुण्डबाट निस्किआउने पशु”-ले प्रतिनिधित्‍व गरेको शक्तिले तिनीहरूसँग लड़ाइँ गर्नुपर्ने थियो । युरोपको धेरै देशहरूमा केही युगसम्म भएको चर्च र राज्यलाई शासन गर्ने शक्ति पोपतन्‍‍त्रको माध्यमद्वारा शैतान आफैले नियन्‍‍त्रण गरेको थियो । तर यहाँ शैतानिक शक्तिको नयाँ प्रदर्शन भएको देखाएको छ । MBAJ 292.3

बाइबललाई आदर गर्ने बहाना गरेर अन्‍जान भाषामा बन्द पारेर राख्‍ने र मानिसहरूबाट टाढ़ा लुकाउने रोमको अभिप्राय थियो । त्यसको शासनमा साक्षीहरूले “भाङग्रा लाएर” अगमवाणी बोले । तर अर्को शक्ति—अतल कुण्डबाट निस्कि आएको पशु—ले परमेश्‍‍वरको वचनसँग खुल्‍लम-खुल्‍ला, निर्णायक लड़ाइँ गर्न निस्केर आउनुपर्ने थियो । MBAJ 293.1

त्यो “महान् शहर” जसका सड़कमा साक्षीहरू मारिए, जहाँ तिनीहरूको लाश पड़िरह्यो, त्यो “आत्मिकी रूपमा” मिश्र हो । बाइबल इतिहासमा प्रकट भएका सम्पूर्ण देशहरूमध्ये मिश्रले जिउँदो परमेश्‍‍वरको अस्तित्‍वलाई सबभन्दा साहससाथ इन्कार गऱ्यो, र उहाँका आज्ञाहरूको प्रतिकार गऱ्यो । मिश्रको राजाले भन्दा अरू कुनै पनि राजाहरूले खुल्‍लम-खुल्‍ला छाती फुल्याएर स्‍वर्गको अधिकार विरुद्ध विद्रोह गरेको थिएन । जब मोशाले परमप्रभुको नाममा फारोकहाँ सन्देश ल्याए, तब फारोले घमण्डसाथ जवाफ दिए: “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राइलीहरूलाई जान दिऊँ ? परमप्रभुलाई म चिन्दिनँ, र इस्राइलीहरूलाई पनि म जान पनि दिन्‍नँ ।” प्रस्थान ५:२ । यो नाष्‍तिकवाद हो; मिश्रले प्रतिनिधित्‍व गरेको देशले पनि जिउँदो परमेश्‍‍वरको दाबीहरूलाई उस्तै आवाजमा इन्कार गर्ने थियो, र उस्तै प्रकारको अविश्‍‍वासी र अहङ्कारी आत्मा प्रदर्शन गर्ने थियो । त्यो “ठूलो शहर”-लाई “आत्मिकी रूपमा” सदोमसँग तुलना गरेको छ । सदोमको भ्रष्‍टताले परमेश्‍‍वरको व्यवस्था भङ्ग गऱ्यो भनी विशेष गरी व्यभिचारद्वारा खुलस्त भएको थियो । यो पाप पनि त्यो राज्यका प्रमुख चरित्रगुण भयो जुन राज्यद्वारा यो शास्‍‍त्रका निर्देशनहरू पूरा गर्नुपर्ने थियो । MBAJ 293.2

त्यसकारण अगमवक्ताले भनेअनुसार १७९८भन्दा अलिकति अगाडि शैतानको आविष्कार र उसको चरित्र भएको कुनै एउटा शक्ति बाइबलसँग लड़ाइँ गर्न उठ्‍नेछ । त्यो देशमा परमेश्‍‍वरका दुई साक्षीहरू यसरी शान्त हुनुपर्ने थियो, त्यहाँ फारोको नास्तिकता र सदोमको व्यभिचार प्रकट हुनुपर्ने थियो । MBAJ 294.1

यो अगमवाणी फ्रान्सको इतिहासमा एकदम ठीक र प्रभावशाली तरिकाले पूरा भयो । १७९३को क्रान्तिको अवधिमा “सभ्यतामा जन्मेका र शिक्षा पाएका मानिसहरूका भेला र युरोपका राज्यहरूबाट एक सबभन्दा असल राज्यलाई शासन गर्ने अधिकार छ भनी सोचेर मानिसहरूले प्राप्‍त गरेको सबभन्दा गम्भीर सत्यतालाई इन्कार गर्न सबैले एकैसाथ तिनीहरूले आवाज उठाए, र ईश्‍‍वरप्रति विश्‍‍वास र सेवामा एकमत भएर इन्कार गरेको कुरा संसारले पहिलो पल्ट सुनेको थियो ।” —Sir Walter Scott, Life of Napoleon, vol. 1, ch. 17. “संसारमा फ्रान्स मात्र एउटा यस्तो देश हो जसमा विश्‍‍वसनीय इतिहास रहेको छ, कि देशको रूपमा त्यसले ब्रमाण्डको सृजकको विरुद्ध प्रत्यक्षरूपमा विद्रोहको हात फैल्यायो । बेलायत, जर्मनी, स्पेन र अरू ठाउँहरूमा प्रशस्त मात्रामा ईश्‍‍वर-निन्दकहरू, अविश्‍‍वासीहरू थिए र अहिले पनि छन्; तर राज्यको रूपमा फ्रान्स एकलै संसारको इतिहासमा छुट्टै उभिएको छ, जसले त्यसको व्यवस्थापिकाको सभाबाट परमेश्‍‍वर छैन भन्‍ने आदेश घोषणा गऱ्यो, र त्यहाँका सबै राजधानीका जनताहरू र अन्तै ठाउँमा विशाल भीडका मानिसहरू, स्‍‍त्री र पुरूषहरूले गीत गाउँदै र नाँच्दै प्रकाशित आदेश स्‍वीकार गरे ।” —Blackwood’s Magazine, November, 1870. MBAJ 294.2

फ्रान्सले यस्तो चरित्रगुण पनि देखायो जसले विशेषगरी सदोम भनी चिनायो । मैदानका शहरहरूमाथि विनाश ल्याएझैँ क्रान्तिको समयमा पनि नैतिक पतनको अवस्था र भ्रष्‍टता देखा पऱ्यो । अगमवाणीमा प्रस्तुत गरिएझैँ इतिहासकारले फ्रान्सको नास्तिकता र व्यभिचार समग्र रूपमा प्रस्तुत गर्दछ: “यी धर्मलाई असर पार्ने व्यवस्थाहरूसँग घनिष्‍ट सम्बन्ध थियो जसले विवाहको सम्बन्ध—जुनचाहिँ मानवजातिले निर्माण गर्न सक्‍ने सबभन्दा पवित्र सम्बन्ध हो, र जसको स्थायित्‍वले समाजलाई बलियो र मजबुत पार्छ—लाई खालि अस्थायी सरकारी सहमतिमा घटायो, जसमा कुनै पनि दुई व्यक्तिहरूले आफू-खुशी सम्बन्ध गाँस्‍न वा फुकाल्‍न सक्थे । ... यदि घरायसी जीवनमा जुन कुरा आदर्णीय, सुन्दर र स्थायी छन् त्यसलाई नष्‍ट गर्ने सबभन्दा प्रभावशाली माध्यम पत्ता लगाउने कार्यमा राक्षसहरू आफै लागी परेको भए त्यहीँ समयमा तिनीहरूले उत्पन्‍न गर्न खोजेको छल एक पुस्तादेखि अर्को पुस्तासम्म स्थायी पार्न सक्‍ने आशा भए तिनीहरूले विवाहको पतनभन्दा अन्य कुनै यति प्रभावशाली योजना आबिष्कार गर्न सक्दैनथे । ... सोफी आर्नल्ट एक अभिनेत्री ठट्यौली कुरामा प्रख्यात् थिइन्, तिनले भन्थिन्, सार्वजनिक विवाहचाहिँ ‘व्यभिचारको विधि’ हो ।” —Scott, vol. 1, ch. 17. MBAJ 295.1

“जहाँ हाम्रो प्रभु क्रूसमा टाँगिनु भएको थियो ।” यो अगमवाणीको निर्देशन पनि फ्रान्सद्वारा पूरा भयो । ख्रीष्‍ट विरुद्ध दुश्‍‍मनीको आत्मा अरू कुनै पनि देशबाट प्रभावकारी रूपमा प्रदर्शन भएको थिएन । अर्को कुनै देशमा पनि सत्यताले यति धेरै तीतो र क्रूर प्रतिकारको सामना गर्नुपरेको थिएन । सुसमाचारका अनुयायीहरूमाथि फ्रान्सले ल्याएको सतावटद्वारा त्यसले उहाँका चेलाहरूका व्यक्तित्‍वमा ख्रीष्‍टलाई क्रूसमा टाँग्यो । MBAJ 295.2

एक शताब्दीपछि अर्को शताब्दीसम्म सन्तहरूकाे रगत बगेको थियो । जसरी वाल्डेन्सीहरूले “परमेश्‍‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर” तिनीहरूका जीवन पिडमण्डका पहाड़हरूमा सुम्पिदिएका थिए, त्यसरी नै तिनीहरूका अल्‍बिजेन्सी भाइहरूले पनि फ्रान्समा त्यस्तै सत्यताको गवाही दिएका थिए । सुधार-कार्यको समयमा त्यसका चेलाहरू डरलाग्दो यातनाका साथ मृत्युदण्ड दिइन्थ्यो । राजा र पदाधिकारीहरू, उच्‍च घरानाका स्‍‍त्रीहरू र सुकोमोल कुमारी, देशका गौरव र शूर वीरहरूले येशूका शहिदहरूका सन्तापलाई मनोरञ्‍जनको नजर लगाएका थिए । साहसी हिँउगनटहरूले तिनीहरूका मानव हृदयले सबभन्दा पवित्र ठान्‍ने अधिकारहरूका लागि लड़ाइँ गरेर तिनीहरूका रगत प्रचण्ड रणभूमिमा बहाई दिए । प्रोटेस्टेन्टहरू देश निकाला भएको ठान्दथे, तिनीहरूलाई मार्न मूल्य तोकिएको थियो, तिनीहरूलाई जङ्गली जनावरहरू झैँ शिकार गरिन्थ्यो । MBAJ 295.3

अठारऔँ शताब्दीमा फ्रान्समा “उजाड़स्थानको चर्च”-का केही प्राचीन इसाईहरूका थोरै सन्ततिहरूले मात्र दक्षिणका पहाड़हरूमा लुकेर तिनीहरूका पिताहरूका विश्‍‍वासलाई अपनाई रहे । जब तिनीहरू राती जोखिमहरूकाे सामना गर्दै पहाड़ र एकान्त सीमसारहरूमा भेला हुन जान्थे तब तिनीहरूलाई अस्‍‍त्र भिरेका सिपाहीहरूले खेदाउथे र तिनीहरूलाई जीवनभरि नोकर बनाउन तानेर जहाजमा लैजान्थे । सबभन्दा शुद्ध, शिक्षित, फ्रान्सको विवेकी मानिसहरूलाई बन्दी बनाइयो, डाकूँहरू र हत्याराहरूका माझमा डरलाग्दो यातना दिइयो । (See Wylie, b. 22, ch. 6.) अरू केही अनुग्रह पाउनेहरूलाई गोली प्रहार गरेर रगत बहाए, तिनीहरू निशस्‍‍त्र र सहाराविहीन थिए र तिनीहरू मरिरहेकाे बेला प्रार्थनामा आफ्‍ना घुँड़ा टेके । तिनीहरूका भेला हुने जग्गाहरूमा सयौँ वृद्ध मानिसहरू, साहारविहीन स्‍‍त्रीहरू र निर्दोष नानीहरूका लाशहरू भूइँभरि छोडिए । पहाड़ वा जङ्गलमा भ्रमण गर्दा जहाँ तिनीहरू प्रायः भेला हुने गर्दथे, “प्रत्येक चार पाइलामा चउरभरि छरिएका लाशहरू, र लाशहरू रूखहरूमा झुण्ड्याएर राखिएकाे” भेटिनु असाधारण कुरा थिएन । तिनीहरूका देश तरवार, बञ्‍चरो, दाउराको थुप्रोद्वारा उजाड़ पारिएको थियो र अब त्यो “एउटा विशाल, अँध्यारो उजाड़स्थानमा परिणत भयो ।” “यी भीषण अत्याचारहरू लागू गरिए ... अन्धकारको युगमा मात्र नभई लुइ चौधौँको सभ्य समयमा पनि त्यस्तै भयो । त्यो समयमा विज्ञानको प्रगति भयो, लेखापढीहरू पनि विकसित भए, अदालत र राजधानीका कर्मचारीहरू शिक्षित र भाषणकलायुक्त मानिसहरू थिए, त्यसले प्रेम र नम्रताका स्‍वभविक उत्कृष्‍टताहरू देखायो ।” —Wylie, b. 22, ch. 7. MBAJ 296.1

तर कालोभन्दा कालो अपराधका घटनाहरू, सबभन्दा भयंकर आतंकित सम्पूर्ण शताब्दीहरूमा भएको शैतानिक कार्यहरूमध्ये सबभन्दा डरलाग्दो सन्त बोर्थाेलोम्यू ठूलो मारकाट थियो । अझै पनि संसारले डर र कम्पसाथ यो सबभन्दा कात्तर र क्रूर आक्रमणका दृश्‍‍यहरू स्मरण गर्छ । रोमको पूजाहारी र पदाधिकारीहरूले फ्रान्सको राजालाई आतंकित काममा अनुमोदन गर्न जोड़ दिए । सुनसान रातमा एक विशाल घण्टी तिनीहरूका हत्याको सङ्केत स्‍वरूप बज्दैथियो । हजारौँ प्रोटेस्टेन्टहरू तिनीहरूका घर-घरमा आफ्‍नाे राजाको प्रतिज्ञाको आदरमा भरोसा राखेर शान्तसाथ सुतिरहेका बेला चेतावनीविना नै तिनीहरूलाई बाहिर घिसारेर निकालेर निर्ममतापूर्वक हत्या गरियो । MBAJ 296.2

जसरी ख्रीष्‍टले मिश्र देशदेखि बन्दीहरू निकालेर ल्याउने बेलामा उहाँ अदृश्‍‍य अगुवा हुनुहुन्थ्यो, त्यसरी नै शैतान पनि शहिदको सङ्ख्या बढाउने डरलाग्दो काममा उसका जनताहरूको अदृश्‍‍य अगुवाको रूपमा नेतृत्‍व गरिरहेको थियो । पेरिसमा सात दिनसम्म संहार चलि नै रह्यो, पहिलो तीन दिन अचिन्त्य प्रचण्डतासाथ त्यो चल्यो । त्यो संहार शहरमा सीमित रहेन, राजाको विशेष आदेशसाथ प्रोटेस्टेन्ट बसोबास गर्ने हरेक प्रदेश र शहरहरूमा पनि परिचालन गर्ने हुकुम भयो । नता उमेर न लिङ्गलाई वास्ता गरियो । नता निर्दोष नानी न कपाल पाकेको मानिसहरू नै छोडिए । कुलीन र गाउँले, वृद्ध र जवान, आमा र बच्‍चाहरू सबै एक सरह मारिए । फ्रान्सभरि दुई महिनासम्म हत्या गर्ने क्रम जारी नै रह्यो । देशका सत्तरी हजार उत्तम मानिसहरू नै नष्‍ट भए । MBAJ 297.1

“जब संहारको खबर रोममा पुग्यो गिर्जा घरका पादरीहरू हर्षले अति नै उल्‍लाशित भए । लोरनको मुख्य पदाधिकारी समाचारवाहकलाई हजार रकमको इनाम प्रदान गरियो; सन्त एन्‍जेलोको तोपको थर्कनले आनन्दपूर्ण सलाम ठोकि रहेको थियो; प्रत्येक गिर्जाघरको घण्टाघरबाट घण्टी बजिरहेको थियो; खुल्‍ला ठाउँहरूमा थुपारेका दाउराहरूबाट आगो बालेको ज्‍वालाले रातलाई दिन जस्तै उज्‍ज्‍वल पारेको थियो; ग्रेगोरी तेह्रऔँले मुख्य पदाधिकारीहरू र अन्य चर्चका अधिकारीहरू साथमा लिएर एक भव्य आन्दोलन गर्दै सन्त लुइको चर्चतर्फ गइरहेका थिए, जहाँ एक लुरेनको मुख्य पदाधिकारीले प्रशंसाको भजन गायो । ... संहारको सम्झनामा एउटा मेडल बनाइयो; भसेरीको [चित्रकार] तीन ओटा तस्‍वीर भ्याटिकनमा अहिलेसम्म पनि पाईन्छ, सेनापतिलाई आक्रमण, सभामा राजाले संहारको षड्यन्‍‍त्र गरिरहेको, र संहारलाई नै वर्णन गरेको छ । ग्रोगोरीले चार्ल्सलाई एउटा सुनौलो गुलाबको फुल पठाए; संहार भएको चार महिनापछि ... तिनले फ्रान्सको पूजाहारीको प्रवचन आत्म-सन्तुष्‍टले सुने, ... ‘जब महा पवित्र पिताले समाचार पाए र परमेश्‍‍वर र सन्त लुइलाई धन्यबाद दिन गम्भीरतासाथ गए तब त्यो दिनको विषयमा पूर्ण हर्ष र आनन्दको दिन भनी प्रवचन दिएको थियो ।’” —Henry White, The Massacre of St. Bartholomew, ch. 14, par. 34. MBAJ 297.2

सन्त बार्थोलोम्यू संहारमा जुन मुख्य आत्माले दबाब दिइरहेको थियो क्रान्तिको दृश्‍‍यमा पनि एउटै आत्माले अगुवाइ गरिरहेको थियो । येशू ख्रीष्‍टलाई पाखण्डी घोषणा गर्दा फ्रन्सको नास्तिक प्रदर्शनकारीहरू नारा लगाउदै “घृणितलाई कच्याककुचुक पार्,” भनेर चिच्याएका थिए, त्यसको अर्थचाहिँ ख्रीष्‍ट थियो । स्‍वर्गको विरुद्ध ईश्‍‍वर-निन्दा र घृणित दुष्‍टता सँग-सँगै भयो, र मानिसहरूका सबभन्दा नीचता, क्रूरता र दुष्‍टताको सबभन्दा भ्रष्‍ट राक्षसहरूलाई अति उच्‍च पारियो । यी सबै कार्यमा सर्वोच्‍च आदर शैतानलाई प्रदान गरियो; जबकि सत्यता, शुद्धता र निस्‍वार्थी प्रेमको चरित्रगुणले सम्पन्‍न ख्रीष्‍टचाहिँ क्रूसमा टाँगिनुभयो । MBAJ 298.1

“अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लड़ाइँ गरी तिनीहरूलाई जितेर मार्नेछ ।” क्रान्ति र आतंकको शासनको समय फ्रान्समा नाष्‍तिक शक्तिले शासन गरिरहेको थियो, त्यसले परमेश्‍‍वर र उहाँको पवित्र वचनको विरोधमा यस्तो लड़ाइँ गऱ्यो कि संसारले कहिल्यै पनि देखेको थिएन । राष्‍ट्रिय परिषद्द्वारा नै ईश्‍‍वरको सेवा रद्द गरेको थियो । बाइबल भेला पारेर सम्भव भएसम्मको निन्दा र गिल्‍ला प्रदर्शन गर्दै त्यो जलाए । परमेश्‍‍वरको व्यवस्था खुट्टामा कुल्‍चीमिल्‍ची पाऱ्यो । बाइबलमा दिइएका विधिहरू बहिष्कार गरियो । हप्‍ताको विश्राम दिन हटायो, त्यसको सट्टामा दशौँ दिनमा मोजमस्ती र ईश्‍‍वर-निन्दामा मग्‍न भए । बप्‍तिस्मा र प्रभुभोज निषेध गरियो । चिहान घारीमा मृत्यु एउटा अनन्तको निन्द्रा हो भनेर घोषणा-पत्रहरू प्रत्यक्ष रूपमा टाँसिएको हुन्थ्यो । MBAJ 298.2

परमेश्‍‍वरको भयमा बुद्धिको सुरुवात् हुनै सक्दैन यो त मुर्खताको सुरुवात् हो भनी भन्‍ने गर्दथे । स्‍वतन्‍‍त्रता र देशको बाहेक त्यहाँ अरू कुनै धार्मिक आराधना निषेध गरिएको थियो । “पेरिसको संवैधानिक विशपलाई अति निर्लज र निन्दित देखावटी कार्यमा मुख्य भूमिका खेल्‍न अगाडि ल्याइयो जुनचाहिँ राष्‍ट्रिय प्रतिनिधिहरू सामु यस्तो कहिल्यै भएको थिएन । ... तिनले यतिका वर्षहरूसम्म सिकाएको धर्मचाहिँ सम्पूर्ण कुरामा पूजाहारीको छल मात्र थियो, त्यसको नता इतिहासमा कुनै पनि आधार थियो न पवित्र सत्यतामा नै केही थियो भनी घोषणा गर्न तिनलाई पूरा प्रदर्शनमा समावेश गरी समारोहमा ल्याइयो । तिनले गम्भीरतासाथ स्पष्‍टरूपमा परमेश्‍‍वरको अस्तित्‍वलाई अस्‍वीकार गरे, तिनी जसको सेवामा समर्पित भएका थिए, अब भविष्यमा स्‍वाधीनता, समानता, उत्कृष्‍टता, नैतिकताको सम्मान गर्न समर्पित भएका थिए । त्यसपछि तिनले टेबलमा विशपको अधिकारका सजावटहरू राखिदिए, र समारोहको अध्यक्षबाट भातृत्‍व अंगालो प्राप्‍त गरे । अरू केही पतित पूजाहारीहरूले त्यस प्रमुख पूजाहारीको उदाहरण पछ्याए ।” —Scott, vol. 1, ch. 17. MBAJ 298.3

“पृथ्वीमा रहनेहरू तिनीहरूको मृत्युमा रमाउनेछन्, आनन्द मनाउनेछन् र आपसमा उपहार लिने-दिने गर्नेछन् । किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई शास्ती दिएका थिए ।” नाष्‍तिक फ्रान्सले परमेश्‍‍वरको दुई साक्षीहरूको सुधार गर्ने आवाज शान्त पाऱ्यो । सत्यताको वचनको लाश त्यसको सड़कमा पड़िरह्यो, जसले परमेश्‍‍वरको व्यवस्थाका अनुशासनहरू र प्रतिबन्धताहरू घृणा गर्दथे तिनीहरूले आनन्द मनाए । मानिसहरूले सार्वजनिकरूपमा स्‍वर्गको राजालाई इन्कार गरे । प्राचीन समयका पापीहरू जस्तै, तिनीहरू चिच्याए, “परमेश्‍‍वरले कसरी जान्‍नुहुन्छ र ? के सर्वोच्‍चमा ज्ञान छ र ?” भजनसंग्रह ७३:११ । MBAJ 299.1

एउटा नयाँ संस्थाको पूजाहारीले विश्‍‍वासै गर्न नसक्‍ने साहससाथ ईश्‍‍वर-निन्दा गऱ्यो: “परमेश्‍‍वर, यदि तँ साँच्‍चै नै छस् भने तेरो नामलाई निन्दा गर्नेहरूलाई बदला ली । म पनि तँलाई उपेक्षा गर्दछु ! तँ चुपचाप रहन्छस् । तेरो चट्याङ्ग पठाउने साहस छैन । अब उसो कसले तेरो अस्तित्‍वमा विश्‍‍वास गर्नेछ र ?” —Lacretelle, History, vol. 11, p. 309; in Sir Archibald Alison, History of Europe, vol. 1, ch. 10. फारोको मागको कस्तो प्रतिध्वनि हो: “यहोवा को हो र मैले उसको आज्ञालाई मान्‍नु ?” “म यहोवालाई चिन्दिनँ !” MBAJ 299.2

“मूर्खले आफ्‍नो मनमा भन्छ, ‘ईश्‍‍वर छँदैछैन ।’” भजनसंग्रह १४:१ । सत्यतालाई भ्रष्‍ट पार्ने व्यक्तिहरूका विषयमा प्रभु घोषणा गर्नुहुन्छ: “तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ ।” २ तिमोथी ३:९ । फ्रान्सले “सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ” जिउँदो परमेश्‍‍वरको आराधनालाई इन्कार गरेको केही समयपछि त्यसले बुद्धिको देवी, सुख दूराचारी स्‍‍त्रीको व्यक्तिलाई सेवा गर्नेद्वारा भ्रष्‍ट मूर्तिपूजामा तल खसालियो । अनि यो राष्‍ट्रिय प्रतिनिधिको समारोहमा र उच्‍च सरकारी र व्यवस्थापिकाका अधिकारीहरूबाट सो सम्पन्‍न गरियो ! इतिहासकार भन्दछन्: “यो बहुला समयमा भएका विधिहरूमध्ये एउटा असमान मूर्खता र अभक्ति एकता भई उच्‍चमा उभिएको थियो । समारोहका ढोकाहरू संगीतकारको दलको लागि खोलिए, नगरीय समूह गम्भीर प्रदर्शनमा प्रवेश गर्दै स्‍वाधीनताको प्रशंसाको भजन गाउँदै, र भविष्यमा सेवा गर्ने वस्तुलाई सँगै हिँडाउदैथिए, तिनीहरूले त्यसलाई घुम्टो लगाएका थिए जसलाई बुद्धिको देवी भनेर नाम दिएका थिए । हलमा ल्याएर त्यसको घुम्टो भव्य तरिकाले हटाए र अध्यक्षको दाहिनेतर्फ बसाए, जबकि तिनी साधारणरूपमा ओप्राको नाच्‍ने केटी भनी चिनिन्थे । ... त्यो व्यक्ति जसलाई तिनीहरूले सेवा गरेको बुद्धिको सबभन्दा योग्य प्रतिनिधिको रूपमा फ्रान्सको सम्पूर्ण समारोहले उनलाई सार्वजनिक सम्मान गऱ्यो । MBAJ 300.1

“यो अधर्मी र हास्यजनक भेष बदल्‍ने काममा विशेष प्रकारको ढाँचा थियो; र बुद्धिको देवीको स्थापना गरियो र यस्ता ठाउँहरूमा राष्‍ट्रभारि त्यसको उदाहरण अपनाइयो जहाँ बासिन्दाहरूले सम्पूर्ण उचाइसम्म समान क्रान्ति देखाउन इच्छा गरे ।” —Scott, vol. 1, ch. 17. MBAJ 300.2

बुद्धिको आराधनालाई परिचय दिँदै अभिभाषकले भने: “व्यवस्थापकहरू ! कट्टरपन्थले बुद्धिलाई स्थान दिएको छ । तिर्मिरिएको आँखाले ज्योतिको चमकलाई खप्‍न सकेन । आज यो छानामुनि विशाल भीडको समूह जम्मा भएको छ, जहाँ प्रथम पल्ट सत्यताको आवाज प्रतिध्वनि भएको छ । त्यहाँ फ्रान्सका मानिसहरूले स्‍वाधीनता र बुद्धिका एक मात्रै सत्य आराधना स्‍वरूप उत्सव मनाएका छन् । त्यहाँ हामी गणतान्‍त्रिक सेनाहरूकाे उन्‍नतिको लागि नयाँ आशाहरू सृजना गरेका छौं । त्यहाँ हामीले मृत मूर्तिलाई बुद्धिको आराधनाको खातिर त्यागिदिएका छौं—यो जिउँदो प्रतिमा नै सृष्‍टिको श्रेष्‍ठकृति हो ।” —M. A. Thiers, History of French Revolution, vol. 2, pp. 370, 371. MBAJ 300.3

जब त्यो देवी समारोहमा ल्याइयो तब अभिभाषकले उनलाई हातमा समाते र स्रोताहरूप्रति फर्केर भने: “विनाशी मानिस हो, तपाईंहरूका डरले सृजना गर्ने परमेश्‍‍वरको शक्तिहीन गर्जनबाट काँप्‍न छोडिदेनुहोस् । अब उसो कुनै दैवी कुरालाई होइन तर बुद्धिलाई स्‍वीकार गर्नुहोस् । म तपाईंहरूलाई त्यसको सर्व उत्कृष्‍ट र शुद्ध प्रतिमा प्रदान गर्दछु; यदि तपाईंहरूलाई मूर्ति नै चाहिन्छ भने यसैलाई बलिदान गर्नुहोस् । ... स्‍वाधीनताको उच्‍च सदन अगाडि घुम्टो लगाएको बुद्धिलाई दण्डवत गर्नुहोस् !” MBAJ 300.4

“देवीलाई अध्यक्षले अंगालो मारेपछि एउटा भव्य कारमा राखेर एउटा विशाल भीडको माझ नोटर डेमको गिर्जाघरतर्फ ईश्‍‍वरको स्थान ओगट्‍न लगियो । त्यसपछि उनलाई उच्‍च वेदीमा राखे र उनीले सहभागी सम्पूर्णबाट आराधना प्राप्‍त गरिन् ।” —Alison, vol. 1, ch. 10. MBAJ 301.1

सार्वजनिकरूपमा चाँडै नै बाइबललाई जलाए लगत्तै यी गतिविधि भएको थियो । अनि “संग्रालयको प्रसिद्ध समाज” नगरको भवनमा प्रवेश गर्दै अश्‍चर्य मानेर करायो, “बुद्धिलाई जिन्दाबाद !” आधा जलेका केही पुस्तकहरू जस्तै: अन्य लेखहरूका साथै क्‍याथोलिक चर्चको प्रार्थना ग्रन्थ, मास ग्रन्थ र नयाँ र पूरानो नियम बाइबल डण्डाको टुप्पोमा बोके, अध्यक्षले भने, “तिनीहरूले मानवजातिलाई गर्न लगाएको मुर्ख व्यवहार विशाल आगोले शखाप पारेको थियो ।” —Journal of Paris, 1793, No. 318. Quoted in Buchez-Roux, Collection of Parliamentary History, vol. 30, pp. 200, 201. MBAJ 301.2

जुन काम पोपतन्‍‍त्रले सुरु गरेको थियो त्यही नै नाष्‍तिकवादले पूरा गरिरहेको थियो । रोमको अभिप्रायले गर्दा नै फ्रान्सको त्यो सामाजिक, राजनैतिक, धार्मिक अवस्थाहरू उत्पन्‍न गऱ्यो जसले चाँडै विनाशतर्फ लैजाँदैथियो । लेखकले क्रान्तिका भयनकताहरूको विषयमा बोल्दै भन्छन्, वास्तव मै यी अधिकताहरूमा सिंहासन र चर्च नै दोषी छन् । (एपेण्डिक्समा हेर्नुहोस्) । कडा न्याय गरिएको खण्डमा चर्च नै दोषी ठहरिन्छ । पोपतन्‍‍त्रले राजाहरूका मष्‍तिष्कमा सुधार-कार्य विरुद्ध विषाक्त बनाएको थियो जस्तो कि त्यो राज्यको दुश्‍‍मन थियो, अशान्ति ल्याउने कुरा थियो जुन राज्यको शान्ति र मिलापमा घातक हुनेथियो । त्यो रोमको प्रतिभा थियो कि यसद्वारा नै सबभन्दा डरलाग्दो क्रूरता र कष्‍टदायी अत्याचार प्रोत्साहन गरियो जुन सिंहासनबाट निस्किआएको थियो । MBAJ 301.3

स्‍वाधीनताको आत्मा बाइबलसँगै हट्यो । जहाँ-जहाँं सुसमचार स्‍वीकार गरियो त्यहाँ-त्यहाँ मानिसहरूका दिमागहरू जागिउठे । तिनीहरूले बन्धनहरू इन्कार गर्न थाले जो अज्ञानता, दुष्‍टता र अन्धविश्‍‍वासको दास बनेका थिए । तिनीहरूले मानिसझैँ सोच्‍न र व्यवहार गर्न थाले । यी कुराहरू राजाहरूले देखे र तिनीहरूका शक्ति गुम्छ कि भनी डराए । MBAJ 301.4

तिनीहरूका इर्षालु भयहरू ज्‍वलन्त पार्न रोमले ढिलो गरेन । १५२५मा फ्रान्सको शासकलाई पोपले भने: “यो पागलपनाले [प्रोटेस्टेन्ट धर्म] धर्मलाई मात्रै नष्‍ट गर्नेछैन, तर सबै अधिपत्यहरू, कुलीनताहरू, कानुनहरू, व्यवस्थाहरू र दर्जाहरू पनि नष्‍ट गर्नेछ ।” —G. de Félice, History of the Protestants of France, b. 1, ch. 2, par. 8. केही वर्षपछि क्‍याथोलिक प्रतिनिधिले राजालाई चेतावनी दिए: “पिता, धोकामा नपर्नुहोस् । प्रोटेस्टेन्टहरूले सबै सरकारी र धार्मिक अनुशासन पनि उलथपुलथ पार्नेछन् । ... वेदी साथै सिंहासन पनि त्यतिकै जोखिममा छ । ... नौलो धर्मको सुरुवात्द्वारा नयाँ सरकारको परिचय पनि आवश्‍‍यक पर्छ ।” —D’Aubigné, History of the Reformation in Europe in the Time of Calvin, b. 2, ch. 36. धर्मशास्‍‍त्रीहरूले मानिसहरूमा भएका भेद्‍भावहरूलाई उक्साएर घोषणा गर्दै मख्‍ख पारे कि प्रोटेस्टेन्टको सिद्धान्तले “मानिसहरूलाई हालैको नयाँ कुरा र मूर्खताहरूमा फसाउँछ; यसले जनताबाट राजाको समर्पित स्‍नेह लुट्‍दछ, चर्च र सरकार दुवैलाई सखाप पार्दछ ।” यसरी रोमले फ्रान्सलाई सफलतापूर्वक सुधार-कार्यको विरुद्ध उठायो । “सिंहासनलाई उचाल्‍न, कुलीनहरूलाई जोगाइ राख्‍न, नियमहरूलाई कायम राख्‍न फ्रान्समा पहिलो सतावटको तरवार निकाल्‍नुपऱ्यो ।” —Wylie, b. 13, ch. 4. MBAJ 302.1

देशका अगुवाहरूले त्यो विनाशकारी अभिप्रायका प्ररिणामहरू अस्पष्‍टरूपमा देखेका थिए । मानिसहरूका मष्‍तिष्क र हृदयहरूमा बाइबलका शिक्षाहरू पसेको भए ती न्याय, संयम, सत्यता, यथार्थ, र परोपकारको सिद्धान्त हुनेथियो जुनचाहिँ राष्‍ट्रको उन्‍नतिको कुने ढुङ्गा हो । “धार्मिकताले देशलाई उचाल्छ ।” त्यसरी “सिंहासन स्थापित हुन्छ ।” हितोपदेश १४:३४; १६:१२ । “धार्मिकताको फल शान्ति हुनेछ, र धार्मिकताको फलको नतिजाचाहिँ सदाको निम्ति शान्ति र भरोसा हुनेछ ।” यशैया ३२:१७ । जसले दैवी व्यवस्था पालन गर्दछ त्यसले नै राष्‍ट्रको व्यवस्था पनि उच्‍च सम्मानका साथ पालन गर्नेछ । जसले परमेश्‍‍वरको भय राख्‍छ त्यसले नै सबै न्याय र कानूनी अधिकारमा राजालाई आदर गर्नेछ । तर बेखुशी फ्रान्सले बाइबललाई निषेध गऱ्यो, त्यसका चेलाहरूलाई बहिष्कार गरिदियो । शताब्दीऔँपछि ईमानदारी र सिद्धान्तवादी मानिसहरू, तीक्ष्ण विवेक र नैतिक सामर्थ्य भएकाहरू जोहरूसँग आफ्‍नो विश्‍‍वास स्‍वीकार गर्ने साहस थियो र सत्यताको लागि कष्‍ट भोग्‍ने विश्‍‍वास थियो—ती मानिसहरूले शताब्दीऔँसम्म जहाजहरूमा दास भएर परिश्रम गरे, तिनीहरू दाउराको थुप्रोमा जले, वा कालकोठरीहरूमा कुहे । हजारौँ-हजारले भागेर सुरक्षा प्राप्‍त गरे; यो सुधार-कार्य आरम्भ भएको दुई सय पचास वर्षसम्म पनि निरन्तर चलिरह्यो । MBAJ 302.2

“त्यो लामो अवधिमा सतावटकारीको प्रचण्ड रिसदेखि सुसमचारका चेलाहरू भागेको फ्रान्सका प्रायः प्रत्येक पुस्ताका मानिसहरूले देखे; तिनीहरूले विवेक, कला-विद्या, उद्योग, सुव्यवस्थापन धारण गरेर गएका थिए जुन देशहरूमा तिनीहरूले शरणस्थान पाए त्यहाँ तिनीहरू प्रमुखरूपमा श्रेष्‍ठ कार्य गरीकन उन्‍नति ल्याउने गर्दथे । ती प्रतिभाहरूद्वारा तिनीहरूले अरू देशहरूमा जति परिपूर्ति गरे त्यति तिनीहरूकाे आफ्‍नै चाहिँ खाली भयो । यदि फ्रान्सबाट खेदाइकाहरू सबै त्यहाँ भएका भए; यदि ती तीन सय वर्षभरि देश निकाला गरिएका मानिसहरूका व्यवसायद्वारा माटोलाई खनजोत गरेको भए; यदि ती तीन सय वर्षभरिमा कला-विद्याहरूद्वारा कारखानाहरूकाे विकास गरेको भए; यदि ती तीन सय वर्ष भित्रमा तिनीहरूको सृजनात्मक प्रतिभाहरू र विश्‍‍लेषणात्मक शक्तिद्वारा त्यसको साहित्य र विज्ञानमा विकास गरेको भए; यदि तिनीहरूका बुद्धिले परिषद्‍हरूलाई अगुवाइ गरेको भए, तिनीहरूकाे बहादुरिताले त्यसका लड़ाइँहरू लड़ेको भए, तिनीहरूका न्यायमा त्यसको नियम बनेको भए, र यदि बाइबलको धर्मले मानिसहरूका विवेकलाई शासन गरी मष्‍तिष्कलाई बलियो पारेको भए, यो दिन फ्रान्समा कस्तो महिमाले छाउनेथियो ! कति महान् उन्‍नतिशील र हर्षित देशको—त्यो राष्‍ट्रहरूका उदाहरण—हुनेथियो ! MBAJ 303.1

“तर अन्धो र अटल कट्टरताले नैतिक सद्‍गुणका प्रत्येक शिक्षकहरू, सुव्यवस्थापनाको प्रत्येक शूरवीर, सिंहासनको प्रत्येक ईमानदारी प्रतिरक्षक त्यसको भूमिबाट खेदाइए; जसले पृथ्वीमा आफ्‍नो देशलाई ‘ख्याति र महिमा’ ल्याउनेथिए ती मानिसहरूलाई भने, बहिष्कार कि जलाउने दाउराको थुप्रो कुनचाहिँ रोज्‍नुहुन्छ । अन्तमा राष्‍ट्रको विनाश पूरा भयो; अब कुनै विवेकलाई दोषी ठहराउन बाँकी थिएन; अब कुनै धर्मलाई जलाउन दाउराको थुप्रोमा घिसारेर लैजान बाँकी थिएन; कुनै देश प्रेमीहरू खेदाइएर बहिष्कार गरिन बाँकी थिएन ।” —Wylie, b. 13, ch. 20. अनि क्रान्तिमा यसको सबै त्रासहरू नै भयंकर परिणाम थियो । MBAJ 303.2

“हिउगनाथहरूका भगाइसाथै फ्रान्समा साधारण पतन आयो । उन्‍नतिशील कारखानाहरू भएका शहरहरू सडेर गयो; उब्‍जानी भएका जिल्‍लाहरू पहिलेझैँ उजाड़ भयो; त्यो अवधिमा असाधारण विकासपछि विवेकी मन्दता र नैतिक पतन जस्ता गतिविधि आयो । पेरिश एक विशाल दानशाला भयो, क्रान्तिको सुरुवात्मा दुई लाख दरिद्रहरूले राजाको हातबाट दान दाबी गरेको अनुमान गरिएको छ । विनाश भइरहेको देशमा जेजुइटहरू मात्र विकसित भइरहेको थियो, र तिनीहरूले डरलादो तानाशाहीका साथ चर्चहरू, स्कुलहरू, जेलहरू र जहाजहरूमा दासत्‍व शासन गरेका थिए ।” MBAJ 303.3

फ्रान्सको धार्मिक अधिकारी, राजा र व्यस्थापकहरूका सीप अलमल पार्ने र अन्तमा देशलाई अराजकता र विनाशमा डुबाउने राजनैतिक र सामाजिक समस्याहरू सुसमाचारले समाधान गर्ने थियो । तर रोमको शासनमा मानिसहरूले मुक्तिदाताले सिकाउनु भएको आत्म-त्यागी र निस्‍वार्थी प्रेम आशिषित शिक्षाहरू गुमाई सकेका थिए । तिनीहरूले अरूको भलाईका लागि आत्मत्याग गर्ने कुरा त तिनीहरूको सोचबाट हटेर गएको थियो । धनीहरूले गरिबहरूलाई गरेको अत्याचारमा कसैले आवाज उठाउँदैनथ्यो, गरिबहरूले आफ्‍नो दासत्‍व र अपमानमा सहायता पाउँदैनथे । धनी र शक्तिशाली मानिसहरूका स्‍वार्थीपना झन-झन अत्याधिक मात्रामा बढ्यो र अझ अत्याचारी हुँदै गयो । शताब्दीऔँसम्म उच्‍चवंशीय मानिसहरूका लोभ र सुख विलासहरूले गर्दा साधारण मानिसहरूप्रति निर्दयी व्यवहार ल्यायो । धनीले गरिबलाई अत्याचार गरे र गरिबले धनीलाई घृणा गरे । MBAJ 304.1

धेरै प्रदेशहरूका जग्गाहरू उच्‍चवंशका मानिसहरूका थिए, परिश्रमी समूहहरूचाहिँ भाँडामा बस्‍नेहरू मात्र थिए; तिनीहरू घर मालिकको कृपामा थिए, र तिनीहरूले अत्याधिक मागहरूलाई पूरा गर्न बाध्य हुन्थे । चर्च र राष्‍ट्रलाई सहायता गर्ने बोझ मध्य र तल्‍लो तहका मानिसहरूमाथि परेको थियो, राष्‍ट्रिय र धार्मिक अधिकारीहरूले तिनीहरूलाई कडा करको बोझ लादिदिए । “उच्‍चवंशीय सुख-विलासलाई नै सर्वोच्‍च कानूनको रूपमा सोच्‍ने गरिन्थ्यो; किसानहरू र गाउँलेहरू भोकै हुन्थे, अत्याचारीहरूले तिनलाई वास्ता गर्दैनथे । ... जे गरेपनि मानिसहरू घर मालिकको फाइदा मात्रै सोच्‍न बाध्य हुन्थे । परिश्रमी कृषकहरूका जीवन अविरल काम र विश्रामरहित कष्‍टमा थिए; यदि तिनीहरूले हिम्मत गरेर दुःख पोखाएको खण्डमा तिनीहरूका दुःखलाई घिनलाग्दो वा घृणित व्यवहार गर्दथे । न्यायका अदालतहरू उच्‍चवंशीय मानिसहरूका पक्ष लिएर गाउँलेहरूका विरोधमा हुन्थे; न्यायाधीशहरूले साधारणतया घुस पनि लिन्थे; विश्‍‍वव्यापी भ्रष्‍ट प्रणालीको कारणले देशका प्रधानहरूका अभिरूची नियमजस्तै लागू हुन्थ्यो । सर्वसाधारण मानिसहरूबाट सरकारी प्रधानहरू र धार्मिक अधिकारीहरू दुवैले कर दबाबका साथ लिने गर्दथे, त्यसको आधा भाग पनि राजकीय र धार्मिक भण्डारमा पुग्दैनथ्यो; बाँकीचाहिँ स्‍वार्थी सुख विलासको लागि व्यर्थमा खर्च गरिन्थ्यो । ती मानिसहरूले जनताहरूलाई गरिब तुल्याएर तिनीहरूचाहिँ करमुक्त हुन्थे, देशका सम्पूर्ण नियुक्ति चलन वा नियमहरूद्वारा हुने गर्दथ्यो । उच्‍चवंशीय सङ्ख्या एक लाख पचास हजार थियो, अरूलाई सन्तुष्‍ट तुल्याउन लाखौँ मानिसहरू आशाविहीन र घृणित जीवन जिउन दोषी ठहराए ।” (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 304.2

अदालत भोग-विलास र कामुकताले भरिएको थियो । जनताहरू र शासकहरूका बीचमा भरोसा कमै देखिन्थ्यो । सरकारको हरेक कार्यबाहीमा कपट र स्‍वार्थीपूर्ण शंकाले भरियो । क्रान्तिको समयको आधा शताब्दीभन्दा अगाडिदेखि नै लुई पन्ध्रऔँले सिंहासन सम्हालेका थिए, जो त्यस्ता दुष्‍ट समयमा पनि अल्छे, निर्बोध र भोग-विलासी राजाको नामले चिनिन्थे । चरित्रभ्रष्‍ट र क्रूर उच्‍च मानिसहरू र गरिबी र अज्ञानी निम्‍न वर्गका साथ राष्‍ट्रको अर्थशास्‍‍त्रमा अस्थिरता, र मानिसहरूका क्रोधले गर्दा डरलाग्दो सन्‍निकट घटना पूर्व दृष्‍टि गर्न कुनै अगमवक्ताको आवश्‍‍यकता थिएन । तिनका सल्‍लाहकारहरूका चेतावनीलाई जवाफ दिँदै राजा प्रायः यसो भन्थे: “मेरो जीवनकालभरि सबै कुरा यसरी नै चलाउने प्रयास गर्नुहोस्, मेरो मृत्युपछि चाहिँ जेसुकै होस् ।” सुधारको आवश्‍‍यकता व्यर्थमा पहल गरिएको थियो । तिनले दुष्‍टताहरू देखे, तर तिनीहरूकाे सामना गर्न नता शक्ति न साहस नै थियो । तिनको अल्छे र स्‍वार्थी जवाफमा फ्रान्सलाई प्रतीक्षा गरेको विनाशको साँचो तस्‍वीर कोरिएको थियो, “म पश्‍चात् प्रलय !” MBAJ 305.1

राजा र शासकहरूका डाह उक्साएर राज्य कमजोरी हुने कुरामा ज्ञान हुँदाहुँदै पनि रोमले मानिसहरूलाई बन्धनमा राख्‍ने गरी प्रभाव पारेको थियो, यसै माध्यमद्वारा मानिसहरू र शासकहरू दुवैलाई त्यसको दासत्‍वमा राख्‍ने योजना बनाइएको थियो । त्यसले दूरदर्शी अभिप्राय पत्ता लगाए कि मानिसहरूलाई सफलतासाथ दास बनाउन तिनीहरूका प्राणमा हाथकढ़ी लगाउनै पर्छ; ताकि तिनीहरूका बन्धनबाट उम्कन नदिने सबभन्दा निश्‍चित माध्यम नै स्‍वतन्‍‍त्रता असम्वभ बनाउनु थियो । त्यसको अभिप्रायद्वारा शारीरिक कष्‍टभन्दा पनि हजारौँ गुणा भयंकर परिणामचाहिँ नैतिक पतन थियो । स्‍वार्थीपन र कट्टरताको शिक्षातिर संलग्‍न र बाइबलको अभाव भएको कारणले गर्दा मानिसहरूमा अन्धविश्‍‍वास र अज्ञानता छाएकाे थियो, र भ्रष्‍टतामा डुबेका थिए त्यसरी तिनीहरू आत्म-शासनमा पूर्ण असमर्थ थिए । MBAJ 305.2

तर रोमले योजना गरेको परिणाम पनि वास्तविकताभन्दा धेरै फरक थियो । सर्वसाधारण जनताहरूले त्यसको धर्म विधिमा अन्धो समर्पण गर्नुको साटोमा त्यसको कामले तिनीहरूलाई नाष्‍तिक र क्रान्तिकारी बनायो । तिनीहरूले रोमको धर्मलाई पूजाहारी-भ्रष्‍टताको रूपमा घृणा गरे । तिनीहरूले धार्मिक अधिकारीहरूलाई पनि अत्याचारीको दृष्‍टि लगाए । तिनीहरूले रोमको ईश्‍‍वरलाई मात्र चिनेका थिए; त्यसको शिक्षा मात्र तिनीहरूको धर्म थियो । तिनीहरूले त्यसको लोभ र क्रूरता बाइबलको न्यायसङ्गत फल ठानेर कुनैमा पनि चाहना गरेनन् । MBAJ 306.1

रोमले परमेश्‍‍वरको चरित्रको कुप्रतिनिधित्‍व गऱ्यो, उहाँका नियमहरूलाई दुरूपयोग गऱ्यो, र अब मानिसहरूले बाइबल र त्यसको लेखक दुवैलाई अस्‍वीकार गरे । त्यसले आफ्‍नो धर्म विधिमा धर्मशास्‍‍त्रको अनुमतिको बहानामा अन्धाे विश्‍‍वास राख्‍न अनिवार्यता जनाएको थियो । त्यसको प्रतिक्रिया स्‍वरूप भोल्टेयर र तिनका सहकर्मीहरूले परमेश्‍‍वरको सम्पूर्ण वचनलाई फ्‍याँकिदिए, र जता ततै नाष्‍तिकताको विष छरिदिए । रोमले मानिसहरूलाई आफ्‍नो फलामको कुर्कुच्‍चा मुनि कुल्‍चेको थियो; अब सर्वसाधारण जनताहरूलाई नीच र निर्दयी व्यवहार गरिएको थियो, र तिनीहरूले त्यसको तानाशाहको प्रतिक्रियामा सबै नियन्‍‍त्रणहरू फ्‍याँकि दिए । यति लामो समयसम्म गरेको आदर आकर्षक छलहरूप्रति तिनीहरू रिसले चूर भए, तिनीहरूले सत्य र झूटो दुवै एकै साथ अस्‍वीकार गरे; स्‍वाधीनताको बहानामा ती अपराधका दासहरू तिनीहरूका काल्पनिक स्‍वतन्‍‍त्रतामा हर्षित भए । MBAJ 306.2

राजाको समर्पणद्वारा क्रान्तिको आरम्भ गरियो जसमा उच्‍चवंशीय र धार्मिक अधिकारीहरूको संयुक्त प्रतिनिधित्‍वभन्दा उच्‍च स्थान प्रदान गरियो । यसरी शक्तिको नियन्‍‍त्रण तिनीहरूको हातमा भयो; तर तिनीहरूले बुद्धि ठीक मात्राका प्रयोग गर्न तत्पर थिएनन् । तिनीहरूले भोगेका कष्‍टहरूको बदला लिन उत्सुक थिए, तिनीहरूले समाजको पुनःनिर्माण गर्ने उत्तरदायित्य लिने निर्णय गरे । अत्याचारमा परेका जनसाधारण जसको मष्‍तिष्कमा परेको अन्याय लामो स्मरणहरूको तीतोपनाले भरिएको थियो, असहनीय कष्‍टपूर्ण अवस्थालाई पूर्णरूपले परिवर्तन गर्ने निर्णय गरे, र जसलाई तिनीहरूले दुःखको जड़ हो भन्ठाने तिनीहरूलाई आफैले बदला लिने निर्णय गरे । अत्याचारमा परेकाहरूले तिनीहरू बन्धनमा हुँदा सिकेको शिक्षालाई लागू गरे, जसले तिनीहरूलाई अत्याचार गरेका थिए अब तिनीहरूलाई अत्याचार गरे । MBAJ 306.3

बिचरा फ्रान्स आफूले रोपेको फसल रगतमा कटनी गऱ्यो । रोमको नियन्‍त्रित शक्तिमा समर्पण गरेर डरलाग्दो परिणामहरू आए । जहाँ रोमको प्रभावमा फ्रान्सले सुधारको आरम्भमा पहिलो जलाउने दाउराको थुप्रो स्थापना गरेको थियो, त्यहीँ क्रान्तिमा पहिलो टाउको काट्‍ने यन्‍‍त्रको स्थापना गरिएको थियो । जहाँ सोह्रऔँ शताब्दीमा प्रोटेस्टेन्ट विश्‍‍वासका पहिला शहिदहरू जलेका थिए, त्यहीँ ठाउँमा अठारऔँ शताब्दीमा टाउको काट्‍ने यन्‍‍त्रद्वारा पहिलो व्यक्तिहरू मारिएका थिए । त्यसमा आरोग्यता ल्याउन सक्‍ने सुसमाचारलाई अस्‍वीकार गरेर फ्रान्सले नाष्‍तिकता र विनाशको ढोका खोलिदिएको थियो । जब परमेश्‍‍वरको व्यवस्थाको नियन्‍‍त्रण गर्ने नियम हटाइयो, तब मानिसका व्यवस्थाहरूले मानवजातिको कडा रिसलाई नियन्‍‍त्रण गर्न यथेष्‍टता नभएको थाहा भयो; र राज्य क्रान्ति र अराजकतामा परिणत भयो । बाइबल विरोधी लड़ाइँले एउटा यस्तो युगको उद्‍घाटन गऱ्यो कि जसले संसारको इतिहासमा नै “आतंकको शासन” भनी चिनायो । मानिसका हृदयहरू र परिवारहरूबाट शान्ति र आनन्द हटेर गयो । कोही पनि सुरक्षित थिएनन् । जो आज विजयी हुन्थ्यो भोलि उसैले आशंका गर्दथ्यो र दोषी ठहराउथ्यो । हिंसा र अभिलाषाले कुनै विवादविना नै शासन गरेको थियो । MBAJ 307.1

राजा र धार्मिक अधिकारीहरू र उच्‍चवंशीयहरू सबै उत्तेजित भएका बौलाहा मानिसहरूका अत्याचारहरूमा समर्पण गर्न विवश भए । राजाको मृत्युदण्डले नै तिनीहरूको बदलाको भवनालाई उत्तेजित पाऱ्यो; जसले तिनको मृत्युदण्डको आदेश निकालेका थिए अब केही समयपछि तिनीहरू पनि टाउको काट्‍ने यन्‍‍त्रतिर जानुपरेको थियो । त्यो क्रान्तिको विरोधी आशंका गरिएको सम्पूर्ण व्यापक काटमारमा समावेश हुने निश्‍चित भएको थियो । जेलहरूमा घुइँचो भयो, एक पल्ट दुई लाखभन्दा पनि धेरै बन्दीहरू त्यहाँ थिए । त्यो राज्यका शहरहरू भयानक दृश्‍‍यहरूले भरिएका थिए । क्रान्तिकारी एक पार्टीचाहिँ अर्को पार्टी विरुद्ध हुन्थ्यो, र फ्रान्सचाहिँ सर्वसाधारण जनताहरूकाे भीषण विवादस्थल बन्यो, तिनीहरूलाई रिसको झोकले चलाएको थियो । “पेरिसमा एकपछि अर्को झगड़ा भयो, जनताहरू विभिन्‍न विरोधी दलहरूमा विभाजन भए, जसमा अरू केही पनि नभई आपसी विनाशको उद्देश्‍‍य मात्र थियो ।” अनि व्यापक कष्‍ट थप्‍न त्यो राज्यले युरोपको महान् शक्तिहरूसँग लामो र ध्वंश पार्ने लड़ाइँ गऱ्यो । “देशले ऋण तिर्न झण्डै असमर्थ भएको थियो, सिपाहीहरूले रहल तनखाको माग गरिरहेका थिए, पेरिसका मानिसाहरू भोकाइरहेका थिए, प्रदेशहरू चोरहरूद्वारा उजाड़ रूपमा छोडिएका थिए, अनि सभ्य अवस्था अराजकता र स्‍वतन्‍‍त्रताले गर्दा झण्डै नष्‍ट भएको थियो ।” MBAJ 307.2

रोमले यति मेहनतसाथ सिकाएको यातना र क्रूरताका शिक्षाहरू मानिसहरूले राम्रोसँग सिकेका थिए । अन्तमा बदलाको दिन आयो । अब येशूका चेलाहरू कालकोठरीमा खाँदिएनन् र जलाउने दाउराको थुप्रोमा घिसारिएनन् । धेरै समय पहिले नै तिनीहरू नष्‍ट पारिए र देश निकाला गरिएका थिए । जसलाई रोमले रगतको क्रियाकलापमा खुशी हुने प्रशिक्षण दिएको थियो तिनीहरूले अब बाँकी नराख्‍ने घातक शक्तिको रोमले अनुभूति गऱ्यो । “जुन फ्रान्सका धार्मिक अधिकारीहरूले धेरै युगसम्म प्रदर्शण गरेको सतावटका उदाहरण जस्तै अब तिनीहरूमाथि पनि असाधारण उत्साहसाथ फर्कियो । पूजाहारीहरूका रगत मचानहरूमा रातै भएर बग्यो । एक चोटी पानी जहाजहरू र जेलहरूमा हिउगनाथहरूका भीड देखिन्थे भने अब अहिले तिनीहरूका अत्याचारीहरू भरिभराउ भए । तिनीहरूले मेचमा बाँधिएको अवस्थामा जहाज खियाउनुपर्दथ्यो, रोमन क्‍याथोलिक अधिकारीहरूले ती नम्र अपधर्मीहरूलाई विना रोकटोक कष्‍ट दिएको कुरा अब तिनीहरूले पनि अनुभव गरे ।” (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 308.1

“जब सबै अदालतहरूमध्ये सबभन्दा निष्‍ठूर अदालतले अति नै अशिष्‍ट नियमहरूद्वारा शासन गर्ने दिनहरू पनि आयो; जब कुनै मानिसले प्राणदण्डयुक्त अपराधको खतराविना ... आफ्‍ना छिमेकीहरूलाई अभिवादन गर्न, वा प्रार्थना गर्न असम्भव हुन्थ्यो; जब सुराकीहरू प्रत्येक घुम्तीमा ढुकीरहन्थे; जब टाउको काट्‍ने यन्‍‍त्र प्रत्येक बिहान लामो र कडा कार्य गरिरहन्थ्यो; जब दासहरू राख्‍ने जहाज जस्तै जेल भरिएको थियो; जब नालीहरूबाट फिँज भएको रगत साइन नदीतिर बगीरहथ्यो । ... जब पेरिसका सड़कहरूभरि विनाशको निम्ति लगिएका बन्दीहरूलाई घोड़ा गाडीभरि भरेर दैनिक लगिन्थ्यो, तब प्रान्तपतिहरूलाई प्रशासनिक समितिले विभागहरूमा पठाइएको थियो कि यस्तो प्रचूर क्रूरतामा आनन्द मनाउने कार्य राजधानीमा पनि अनविज्ञ थियो । घातक मेशिनको हतियार माथि उठ्‍थ्यो र तल झर्दा तिनीहरूको काटमारको काम सम्पन्‍न गर्न अति नै ढीला भएको हुन्थ्यो । लामो लहरमा रहेका बन्दीहरू गोलीले ढले । भीड भएको मालवाहक पानी जहाजमा प्वाल पारिन्थ्यो । लोयन्स उजाड़स्थानमा परिणत भयो । एरासमा कैदीहरूप्रति शीघ्र मृत्युको क्रूर कृपा पनि इन्कार गरियो । फ्रान्सको उत्तरदेखि दक्षिणतिर बग्‍ने लोयर खोलाभरि साउमरदेखि समुद्रसम्म काग र गरूडका विशाल बथानले एकसाथ अंगालो मारेर पडिरहेका नाङ्गो लाशहरूमा भोज गरिरहेका थिए । लिङ्ग र उमेरलाई कुनै पनि कृपा देखाइएन । धेरै निन्दनीय सरकारबाट हत्यामा शहिद भएका सत्र वर्षका युवा-युवतीहरूकाे सङ्ख्या सयौँमा गन्ती हुन्थ्यो । शिशुहरू छातीबाटै खोसेर जेकबीन दलहरूका भालाको एक टुप्पोदेखि अर्को टुप्पोले घोच्दै मार्दथे ।” (एपेण्डिक्स हेर्नुहोस्) । दश वर्षको छोटो अवधि मै लाखौँ मानव जातिको विनाश भयो । MBAJ 308.2

ती सबै शैतानको योजना अनुसार भएको थियो । यही कार्य पूरा गर्नका लागि युगौँसम्म उसले काम गरिरहेको थियो । उसको अभिप्राय आरम्भदेखि अन्त्यसम्मै भ्रम नै हो, र मानिसहरूमाथि कष्‍ट र दरिद्रता ल्याउने र परमेश्‍‍वरका हातको कामलाई कुरूप र अशुद्ध पार्ने, परोपकार र प्रेमको ईश्‍‍वरीय उद्देश्‍‍यहरू बिगारेर स्‍वर्गमा शोक पैदा गराउने नै उसको दृढ संकल्प हो । त्यसपछि उसको छलपूर्ण सीपद्वारा मानिसहरूको मष्‍तिष्कलाई अन्धो तुल्याई दिन्छ, र यी सबै कष्‍टहरू सृष्‍टिकर्ताको योजनाले गर्दा आएझैँ उसको कामको दोष परमेश्‍‍वरलाई दिन अगुवाइ गर्दछ । त्यसरी जसलाई उसले क्रूर शक्तिद्वारा अपमानित र अमानवीय व्यवहार गऱ्यो, तिनीहरूले स्‍वतन्‍‍त्रता प्राप्‍त गरेपछि उसले तिनीहरूलाई अत्याचार र भीषण अपराध गर्न लगाउँछ । त्यसपछि यो खुल्‍ला अनुमतिको यो तस्‍वीरले तानाशाही र अत्याचारीहरूद्वारा स्‍वाधीनताका परिणामहरूको उदाहरण स्‍वरूप केन्द्रित गरेको थियो । MBAJ 309.1

जब एउटा भेषमा छल पत्ता लगाइन्छ, तब शैतानले अर्को भेष धारण गर्दछ, र भीडहरूले पहिला जस्तै त्यसलाई उत्सुकतासाथ स्‍वीकार गर्छन् । जब मानिसहरूले रोमी धर्म छल भनी पत्ता लगाए, र त्यसले यो माध्यमद्वारा परमेश्‍‍वरका आज्ञा भङ्ग गराउन सकेन, तब सबै धर्महरू छल हून्, र बाइबल दन्त्य कथा हो भनी ठान्‍न दबाब दियो; ईश्‍‍वरीय विधानहरू हटाएर तिनीहरू आफै छाडा अधर्ममा फसे । MBAJ 309.2

यो एउटा महान् सत्यताको बेवास्ताद्वारा फ्रान्सका बासिन्दाहरूमाथि यस्तो आपत्ति ल्यायो जुनचाहिँ घातक झुट हो: किनकि त्योचाहिँ साँचो स्‍वतन्‍‍त्रता परमेश्‍‍वरको व्यवस्थाका भनाइहरूमा आधारित छ । “यदि तैंले मेरा आज्ञाहरू ध्यानसित पालन गरेको भए तेरो शान्ति नदीझैँ र तेरो धार्मिकता समुद्रका छालहरूझैँ हुनेथियो ।” “‘दुष्‍टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्‍नुहुन्छ ।” “तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्‍क रहनेछन् ।” यशैया ४८:१८, २२; हितोपदेश १:३३ । MBAJ 309.3

नाष्‍तिकहरू, अविश्‍‍वासीहरू र पतितहरूले परमेश्‍‍वरको व्यवस्थालाई विरोध र घृण गर्छन्; तर तिनीहरूको प्रभावको परिणामले प्रमाण दिन्छ कि एक मानवजातिको भलाईचाहिँ दैवी विधानप्रति आज्ञाकारितामा सम्बन्धित छ । जसले परमेश्‍‍वरको किताबबाट पाठ अध्ययन गर्दैनन्, तिनीहरूलाई राज्यहरूको इतिहासमा अध्ययन गर्न आदेश गरिएका छ । MBAJ 310.1

जब शैतानले रोमी चर्चद्वारा मानिसहरूलाई आज्ञाकारिताबाट टाढा लग्यो तब उसको कार्य लुकेको थियो, उसको काम यति कपटपूर्ण थियो कि अपमान र दुःख-कष्‍ट व्यवस्था भङ्गको परिणाम स्‍वरूप देखिँदैनथ्यो । उसको शक्तिलाई परमेश्‍‍वरको पवित्र आत्माले यति नियन्‍‍त्रण गर्नुभएको थियो कि उसको योजनालाई पूर्ण फल फल्‍न रोक लगाउनुभयो । मानिसहरूले यसको कारणदेखि असरसम्म हुने कुरा बुझेनन्, र तिनीहरूका कष्‍टहरूको स्रोत नै पत्ता लगाउन सकेनन् । तर क्रान्तिमा राष्‍ट्रिय परिषद्द्वारा परमेश्‍‍वरको व्यवस्था प्रत्यक्षरूपमा हटाइएको थियो । त्यसपछि आउने आतंकको शासनमा कारणदेखि असरसम्म हुने काम सबैले देख्‍न सकिन्थे । MBAJ 310.2

जब फ्रान्सले सार्वजनिकरूपमा परमेश्‍‍वरलाई इन्कार गऱ्यो र बाइबल हटायो तब दुष्‍ट मानिसहरू र अन्धकारका आत्माहरू आफूले कति लामो समयदेखि रूचि राखेको लक्ष्य प्राप्‍त गर्दा—परमेश्‍‍वरको आज्ञाको नियन्‍‍त्रणबाट स्‍वतन्‍‍त्र राज्य—अति नै हर्षित भए । किनकि अपराधको दण्ड तुरुन्तै भएन, त्यसकारणले मानिसका छोराहरूको हृदय “खराब काम गर्नमा पूरा रीतिले लागू भएको” थियो । उपदेशक ८:११ (KJV) । तर न्यायसङ्गत र धार्मिक व्यवस्था भङ्ग गर्दा विनाश र कष्‍टको परिणाम अनिवार्य हुन्छ । एकै पल्ट पनि इन्साफ नआएतापनि मानिसहरूको दुष्‍टताले निश्‍चय नै तिनीहरूको विनाश तयारी गरिरहेको हुन्छ । पतन र अधर्मका युगहरूले बदलाको दिनसम्म क्रोध थुपारिराखेका थिए; जब तिनीहरूको अधर्मको कचौरा भरियो, तब उहाँको ईश्‍‍वरीय धैर्यलाई बेवास्ता गर्नुचाहिँ डरलाग्दा कुरा रहेछ भनी परमेश्‍‍वरलाई घृणा गर्नेहरूले एकदमै ढिलो मात्र सिके । परमेश्‍‍वरको नियन्‍‍त्रण गर्ने आत्माले शैतानको क्रूर शक्ति रोक्‍नुहुन्छ अब सो प्रायः पूर्ण रूपमा प्रस्थान हुनुभएको थियो, जसको हर्षपन नै मानिसहरूको दरिद्रतामा हुन्छ त्यसलाई आफ्‍नो इच्छामा काम गर्ने अनुमति दिइयो । जसले विद्रोहको सेवालाई रोजेका थिए, तिनीहरू कलमले कोर्न पनि नसक्‍ने भयानक अपराधहरू देश नभरिएसम्म तिनीहरूका फलहरू कटनी गर्न छाडिए । उजाड़ पारिएका प्रान्तहरू र विनाश भएका शहरहरूबाट भयानक तीतो सन्तापको चित्कार सुनिन्थ्यो । भूकम्पले झैँ फ्रान्स थर्कमान पारियो । परमेश्‍‍वरको व्यवस्था विरुद्ध उठेका अधर्मी हातद्वारा धर्म, व्यवस्था, सामजिक विधान, परिवार, राष्‍ट्र र चर्च सबै नष्‍ट पाऱ्यो । साँच्‍चै नै त्यो बुद्धिमानी मानिसले यसरी बोले: “दुष्‍टहरूचाहिँ त्यसको आफ्‍नै दुष्‍टताले गर्दा पतित हुनेछ ।” हितोपदेश ११:५ (KJV) । “यद्यपि दुष्‍ट मानिसले अनेकौँ खराबी गरेर पनि लामो समयसम्म बाँचिरहन्छ, तापनि परमेश्‍‍वरको भय मान्‍नेहरूलाई र उहाँको अगि श्रद्धालु हुनेहरूलाई असलै हुनेछ भन्‍ने मलाई थाहा छ । तर दुष्‍टहरूले परमेश्‍‍वरको भय नमानेका हुनाले, तिनीहरूको भलो हुँदैन ।” उपदेशक ८:१२-१३ । “तिनीहरूले ज्ञानलाई घृणा गरेको हुनाले र परमप्रभुको भय मान्‍न नचाहेको हुनाले,” “तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन् र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन् ।” हितोउपदेश १:२९, ३१ । MBAJ 310.3

परमेश्‍‍वरका विश्‍‍वासयोग्य साक्षीहरू “अतल कुण्डबाट निस्किआएको” ईश्‍‍वर निन्दित शक्तिद्वारा मारिए, तर लामो समयसम्म शान्त रहनु हुँदैनथ्यो । “साढ़े तीन दिनपछि परमेश्‍‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्‍ना गोडामा खडा भए, अनि तिनीहरूलाई देख्‍नेहरूमाथि ठूलाे डर छायो ।” प्रकाश ११:११ । १७९३मा फ्रान्सको सभामा इसाई धर्म रद्द गर्ने र बाइबल हटाउने फैसला भएको थियो । साढे तीन वर्षपछि यी फैसलालाई खण्डन गरेर रद्द गर्दा त्यहीँ समूहले धर्म शास्‍‍त्रलाई स्‍वतन्‍‍त्रता दिने निर्णय गऱ्यो । संसार दोषको ठुलो अपराधमा छक्‍क पऱ्यो जुन पवित्र दैवीय वाणीालाई अस्‍वीकार गरेको कारणले भएको थियो, अनि मानिसहरूले परमेश्‍‍वरमा दृढ विश्‍‍वासको आवश्‍‍यकता र उहाँको वचनचाहिँ श्रेष्‍ठता र नैतिकताको जग हो भनी थाहा पाए । परमप्रभु भन्‍नुहुन्छ, “तैंले कसको ठट्टा र निन्दा गरेको छस् ? कसको विरुद्धमा तँ ठूलो सोरले कराएको छस्, र तैंले घमण्डले हेरेको छस् ? के इस्राएलका परमपवित्रको विरुद्धमा होइन ?” यशैया ३७:२३ । “यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु । तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्‍नेछन् ।” यर्मिया १६:२१ । MBAJ 311.1

दुई साक्षीहरूका बिषयमा अगमवक्ताले अझै घोषणा गर्नुहुन्छ: “अनि तिनीहरूले स्‍वर्गबाट यस्तो एउटा ठूलो आवाज सुने, ‘यता माथि आओ ।’ र तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमा स्‍वर्गतिर गए ।” प्रकाश ११:१२ । फ्रान्सले परमेश्‍‍वरका दुई साक्षीहरूसँग लड़ाइँ गरेपछि तिनीहरूले कहिले प्राप्‍त नगरेको आदर हासिल गरेका छन् । १८०४मा ब्रिटिश र फरेन बाइबल सोसाइटी संगठन भएको थियो । युरोप महादेशमा उस्तै संस्थाहरूका अनगिन्ती शाखाहरू संगठित हुँदै आयो । १८१६मा अमेरिकन बाइबल सोसाइटी स्थापना भएको थियो । जब ब्रिटिश सोसाइटी स्थापना भयो तब बाइबल पचास भाषाहरूमा प्रकाशित भइसकेको थियो । त्यसपछि सयाैं भाषाहरू र स्थानीय भाषाहरूमा अनुवाद भइसकेको छ । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 311.2

१७९२भन्दा पचास वर्ष अगाडिदेखि नै विदेशी प्रचारप्रसार कार्यमा हल्का मात्र ध्यान दिएको थियो । कुनै नयाँ सोसाइटीहरू सृजना भएनन्, त्यति बेला केही मण्डलीहरू मात्र थिए जसले मूतिपूजक देशहरूमा इसाई धर्म प्रचार गर्ने प्रयत्‍न गरेका थिए । तर अठारऔँ शताब्दीको अन्त्यतिर एउटा ठूलो परिवर्तन आयो । मानिसहरू बुद्धिवादको परिणामहरूप्रति असन्तुष्‍ट भए, र तिनीहरूले ईश्‍‍वरीय प्रकाश र व्यवहारिक धर्मको आवश्‍‍यकता महसुस गरे । यो समयदेखि वैदेशिक सुसमाचारीय कार्यले अघि कहिल्यै नभएको विकास हासिल गऱ्यो । (एपेण्डिक्समा हेर्नुहोस्) । MBAJ 312.1

किताब छाप्‍ने यन्‍‍त्र विकसित भएको कारण बाइबल वितरणमा उत्साह दिएको छ । विभिन्‍न देशहरूका बीचमा सञ्‍चार सुविधाको विकास, छवाछुत र राष्‍ट्रिय निषेधपूर्ण प्राचीन पर्खालहरूलाई तोडेको र रोमको पोपबाट सरकारी शक्ति गुमेको कारणले परमेश्‍‍वरको वचनले प्रवेशद्वार पाएको थियो । केही वर्ष अगाडिदेखि रोमका सड़कहरूमा विना नियन्‍‍त्रण बाइबल बेचियो, अहिले वास गरिने पृथ्वीको हरेक क्षेत्रसम्म त्यो पुगिसकेको थियो । MBAJ 312.2

नाष्‍तिक भोल्टेयरले एक पटक अभिमानपूर्णसाथ भने: “बाह्र जनाले इसाई धर्म स्थापना गरेको भनी मानिसहरूले बारम्बार भनेको सुनेर म थाकिसकें । यसलाई नष्‍ट गर्न एक जना नै प्रर्याप्‍त छ भनी म प्रमाणित गर्नेछु ।” तिनको मृत्युपछि पनि पुस्तौँ बितिसक्‍यो । लाखौँ मानिसहरू बाइबल विरुद्ध लड़ाइँमा समावेश भए । तर यो नष्‍ट हुनै सकेन, किनकि भोल्टेयरको समयमा जहाँ सयप्रति थियो त्यहाँ वर्तमानमा दश हजार पुगेको छ, निश्‍चय, परमेश्‍‍वरको किताब एक लाख नै भएको छ । अघिल्‍लो सुधारकले इसाई चर्चको बिषयमा यसो भनेका छन्, “बाइबल एउटा लिहि हो जसले धेरै मार्टोलहरू खाई सक्‍यो ।” परमप्रभुले भन्‍नुभयो, “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस् ।” यशैया ५४:१७ । MBAJ 312.3

“हाम्रा परमेश्‍‍वरको वचन सधैँभरि अटल रहनेछ ।” “उहाँका सबै आदेश विश्‍‍वासनीय हुन्छन् । ती सदाकालको लागि अटल छन्, विश्‍‍वासयोग्यता र सत्यतामा गरिएका छन् ।” यशैया ४०:८; भजनसग्रह १११:७, ८ । मानिसकाे अधिकारमा स्थापित भएकाे जुनसुकै कुरा पराजित हुनेछ; तर परमेश्‍‍वरको अपरिवर्तनीय वचनको चट्टानमा स्थापित भएका जुनसुकै कुरा पनि सदाकालसम्म अटल रहनेछ । MBAJ 312.4