महान् विवाद अन्धकारदेखि ज्योतिमा

15/18

१३ — नेदरल्याण्ड र स्कान्डिनेभिया

(अंग्रेजी पुस्तक अध्याय १३ पृष्‍ठ २३७)

नेदरल्याण्डको पोपतन्‍‍त्रले तानाशाहप्रति पहिले नै निर्णायक प्रतिरोध निम्त्याएको थियो । लुथरको समयभन्दा सात सय वर्ष अगाडि नै रोमको पोपलाई दुई विशपहरूले निडरताका साथ अभियोग लगाए, जुनहरूलाई रोममा राजदूत स्‍वरूप पठाइएपछि “क्‍याथोलिक चर्चको सरकार”-को सत्य चरित्र जाने: परमेश्‍‍वरले “चर्च अर्थात् उहाँकी रानी र पत्‍नीको परिवारको लागि भद्र र अनन्त प्रबन्धमा दाइजो दिनुभएको छ नता त्यो ओइलाउँछ न नष्‍ट नै हुन्छ, र उनलाई अनन्त मुकुट र राजदण्ड दिनुभएको छ; ... यी सबै कुराहरूमा तपाईं चोर जस्तै आफै फाइदा लुट्‍नुहुन्छ । तपाईं आफैलाई परमेश्‍‍वरको मन्दिरमा राख्‍नुहुन्छ; पास्टर हुनुको सट्टा भेड़ाहरूका लागि ब्‍वाँसो हुनुभएको छ; ... तपाईं हामीलाई सर्वोच्‍च विशपको रूपमा विश्‍‍वास दिलाउनुहुन्छ, तर तपाईं त बरु तानाशाह जस्तै व्यवहार गर्नुहुन्छ । ... जसरी तपाईं आफैले भन्‍नुभएझैँ दासहरूका पनि दास हुनुपर्ने हो, तर तपाईं त प्रभुहरूका पनि प्रभु हुने प्रयास गर्नुहुन्छ । ... तपाईंले परमेश्‍‍वरका आज्ञाहरूलाई घृणित बनाउनुभएको छ । ... पृथ्वीको पल्‍लो छेउसम्म पवित्र आत्माचाहिँ सबै चर्चहरूको निर्माता हुनुहुन्छ । ... हाम्रो परमेश्‍‍वरको शहर, जसका हामी नागरिक हौं, समस्त तारामण्डलहरूका क्षेत्रहरूसम्म पुग्दछ; र यो पवित्र अगमवक्ताहरूले बेबिलोन भनी नाम दिएको शहरभन्दा पनि अझै महान् छ, जुन आफै दैवीय बन्‍ने र आफैलाई स्‍वर्ग पुऱ्याउने बहाना गर्दछ, र उनको बुद्धिको अमरत्‍व छ; र अन्तमा कारणविना नै उनले कहिल्यै गल्ती गरेकी छैन, र गर्न पनि सक्‍नेछैन भनी घमण्ड गर्दछ ।” —Gerard Brandt, History of the Reformation in and About the Low Countries, b. 1, p. 6. MBAJ 255.1

शताब्दीदेखि अर्को शताब्दीसम्म त्यसको प्रतिरोधको आवाज प्रतिध्वनी गर्न अरू पनि उठे । ती पहिलाका शिक्षकहरू जो विभिन्‍न देशहरूमा वरिपरि जान्थे र फरक-फरक नामले चिनिने गर्थे तिनीहरूले भाउडय प्रचारकहरूको चरित्र धारण गरेका थिए, र सुसमाचारको ज्ञान व्यापकरूपमा प्रचार भयो र नेदरल्याण्डमा पनि प्रवेश गऱ्यो । तिनीहरूका सिद्धान्तहरू वेगसाथ फैलिए । वाल्डेन्सीहरूको बाइबल तिनीहरूले कबिताको रूपमा डच भाषामा अनुवाद गरे । तिनीहरूले घोषणा गरे, “कि यसमा धेरै फाइदा छ; ठट्टाहरू, दन्त्यकथाहरू, मूल्यहीन कुराहरू, र छलहरू पनि होइनन्, तर सत्यका वचनहरू हुन्; निश्‍चय नै यहाँ-त्यहाँ केही कुराहरू बुझ्‍न कठिन छन्, तर जुन कुरा असल र पवित्र छ त्यसको मुख्य विषयवस्तुको गहिराई यसमा सजिलै पत्ता लगाउन सकिन्छ ।” —Gerard Brandt, History of the Reformation in and About the Low Countries, b. 1, p. 14. प्राचीन विश्‍‍वासका साथीहरूले बाह्रऔँ शताब्दीमा यसरी लेखे । MBAJ 255.2

अब रोमीहरूको सतावट सुरु भयो; तर जलाउने तख्ता र यातनामाझ पनि त्यहाँ विश्‍‍वासीहरू निरन्तर वृद्धि भए, बाइबल मात्र धर्मका अटल अधिकार हो, र “कुनै मानिसलाई पनि विश्‍‍वास गर्न कर लगाउनु हुँदैन, तर प्रचारद्वारा जित्‍नुपर्छ” भनी दृढतासाथ घोषणा गरिरहे । —Martyn, vol. 2, p. 87. MBAJ 256.1

लुथरका शिक्षाहरूले नेदरल्याण्डमा उपयुक्त माटो भेट्टाए, र उत्सुक र विश्‍‍वासयोग्य मानिसहरू सुसमाचार प्रचार गर्न उठे । होल्याण्डका प्रदेशहरूमध्ये एउटाबाट एक जना मेनो सिमन्स आयो । रोमन क्‍याथोलिक शिक्षा प्राप्‍त गरेर पूजाहारीगिरीमा अभिषेक भएका थिए, र तिनी बाइबलको विषयमा पूर्ण अन्‍जान थिए, र तिनले झूटो शिक्षामा पार्छ कि भन्‍ने डरले त्यो पढ्‍दैनथे । जब तिनमा तत्‍व-परिवर्तनको [मासमा प्रयोग गरिएको रोटी र दाखमद्य ख्रीष्‍टको देह र रगतमा परिवर्तन हुन्छ भन्‍ने सिद्धान्त] विषयमा त्यतिकै शंका आयो तब तिनले यो त शैतानबाट परीक्षा आएको हो भन्ठाने, र प्रार्थना र पाप स्‍वीकारद्वारा आफैलाई यसबाट स्‍वतन्‍‍त्र पार्ने प्रयास गरे; तर व्यर्थ भयो । लम्पट्यको दृश्‍‍यमा मिल्‍नेद्वारा तिनले विवेकको दोष दिने आवाजलाई शान्त पार्ने प्रयास गऱ्यो; तर व्यर्थ भयो । केही समयपछि तिनी नयाँ नियम अध्ययन गर्न थाले, यसको साथ-साथै लुथरका लेखहरूले गर्दा सुधार-कार्यको विश्‍‍वास स्‍वीकार गर्न मद्दत गरे । चाँडै नै नजीकको गाउँमा एउटा मानिसलाई दुई पल्ट बप्‍तिस्मा लिएको कारण टाउको काटेर मारेको तिनले देखे । यसले गर्दा तिनलाई शिशुहरूको बप्‍तिस्माको विषयमा बाइबल अध्ययनतर्फ अगुवाइ गऱ्यो । तिनले यस विषयमा धर्मशास्‍‍त्रमा कुनै पनि प्रमाण पाउन सक्दैनथे, तर बप्‍तिस्मा हुनका लागि जहाँ पनि पश्‍चात्ताप र विश्‍‍वास अनिवार्य भएको कुरा तिनले देखे । MBAJ 256.2

मेनो रोमी चर्चबाट निस्केर आए र तिनले प्राप्‍त गरेका सत्यताहरू सिकाउन आफ्‍नो जीवन अर्पण नै गरे । जर्मनी र नेदरल्याण्डमा कट्टरपन्थीहरूका समूह आएका थिए, तिनीहरूले अमिल्दो र विरोधी सिद्धान्तहरूको पक्षमा बोलेर नियमितता र शिष्‍टतालाई खलबल्याए, र अपराध तथा विद्रोहलाई पछ्याए । मेनोले यी आन्दोलनहरूद्वारा ल्याउने डरलाग्दो परिणाम देखे, र तिनले पूर्णरूपले गलत शिक्षाहरू र कट्टरपन्थीहरूको असभ्य युक्तिहरूका प्रतिकार गरे । जेभएपनि धेरै जना यी कट्टरपन्थीहरूद्वारा बहकिए, तर जसले तिनीहरूका विनाशकारी शिक्षाहरूलाई इन्कार गरे; र अझै पनि धेरै प्राचीन इसाईहरूका सन्तानहरू थिए जुन वाल्डिन्सीहरूका शिक्षाका फलहरू थिए । ती समूहहरूमा मेनोले ठूलो साहस र सफलतासाथ परिश्रम गरे । MBAJ 257.1

तिनले आफ्‍ना पत्‍नी र छोरा-छोरीहरूसँग कडा कठिनाईहरू र दरिद्रताहरू र आफ्‍नो जीवनको बारम्बार जोखिम सहेर पच्‍चीस वर्षसम्म यात्रा गरे । तिनले नेदरल्याण्ड र उत्तरी जर्मनीमा विशेष गरी निम्‍न समूहका मानिसहरूमाझ काम गर्दा त्यहाँ व्यापक प्रभाव पार्दै यात्रा गरे । स्‍वभावैले तिनमा भएका भाषणकला, सीमित योग्यता भएतापनि अटल निष्कपटता, नम्र हृदय भएको मान्छे र दीन स्‍वभावहरू, सोझो र उत्सुक भक्तिको कारण तिनले सिकाएका शिक्षाहरूले पहिले आफ्‍नो जीवनमा प्रमाण दिदथ्यो, र तिनले मानिसहरूका भरोसा जिते । तिनका चेलाहरू छरपष्‍ट पारिए र सताइए । कट्टरपन्थी मन्स्टरीहरूसँग घर्बराएको कारण तिनीहरूले अत्याधिक कष्‍ट भोगे । तर तिनका परिश्रमहरूले गर्दा धेरै सङ्ख्यामा मानिसहरू परिवर्तन भए । MBAJ 257.2

नेदरल्याण्डमा जस्तो अरू कुनै ठाउँमा पनि सुधार-विश्‍‍वास यस्तो व्यापकतासाथ स्‍वीकार गरिएको थिएन । थोरै देशहरूमा त्यसका अनुयायीहरूले नेडरल्याण्डभन्दा डरलाग्दो सतावट भोग्‍नुपऱ्यो । जर्मनीमा चार्ल्स पाँचौँले सुधार-कार्यलाई बहिष्कार गरेका थिए, र तिनले हर्षसाथ त्यसका सबै अनुयायीहरूलाई जलाउने तख्तामा ल्याउनेथिए; तर तिनको तानाशाहको विरुद्ध राजकुमारहरू उठे । नेदल्याण्डमा तिनको शक्ति अझै ठूलो थियो, सतावटको लिखित आदेश एकपछि अर्को गर्दै चाँडै नै आयो । बाइबल पढ्‍न, सुन्‍न वा प्रचार गर्न, वा त्यसको विषयमा बोल्‍न भनेको जलाउने तख्तामा मृत्युको सजायको जोखिममा पर्नु नै थियो । परमेश्‍‍वरलाई गुप्‍तमा प्रार्थना गर्नु, मूर्तिलाई दण्डवत नगर्नु, वा भजनहरू गाउनु पनि मृत्युदण्ड पाउनु सरह थियो । जसले तिनीहरूका झूटहरू त्याग्छन् तिनीहरू पनि दोषी ठहरिँदथे । यदि पुरूष हो भने तरवारले मार्थे, यदि स्‍‍त्री हो भने जिउँदै गाडिदिन्थे । चार्ल्स र फिलिप दोस्रौँको शासनकालमा हजारौँ नष्‍ट भए । MBAJ 258.1

एकै पल्ट एउटा पूरै परिवारलाई मास नगएर घरमै सेवा गरेको आरोप लगाई चर्चको अदालतका अधिकारीकहाँ ल्याइए । तिनलाई अनुसन्धानमा तिनीहरूले गुप्‍तमा गरेका कुराहरूको विषयमा कान्छा छोराले जवाफ दियो: “हामी घुँड़ा टेक्छौं, र परमेश्‍‍वरले हाम्रा मष्‍तिष्कलाई ज्योति दिऊन् र हाम्रा पाप क्षमा गरून् भनी प्रार्थना गर्छौं, हामी हाम्रो शासकको लागि प्रार्थना गर्छौं कि उहाँको शासन उन्‍नतिशील होऊन् र उहाँको जीवन खुशी रहोस्; हामी हाम्रा न्यायाधीशहरूका लागि प्रार्थना गर्छौं कि उहाँहरूलाई परमेश्‍‍वरले रक्षा गरून् ।” —Wylie, b. 18, ch. 6. त्यसले कति जना न्यायाधीशहरूको मन छोयो तापनि पिता र एक जना छोरालाई दोषी ठहऱ्याएर आगोमा जलाएर दण्ड दिए । MBAJ 258.2

अत्याचारीहरूका रिस शहिदहरूका विश्‍‍वासद्वारा साम्य पारेको थियो । पुरूषहरूले मात्र होइन तर सुकुमारी स्‍‍त्रीहरू र युवती कुमारीहरूले पनि अचल साहस प्रदर्शन गरे । “पत्‍नीहरू तिनीहरूका पति जलेको ठाउँमा उभिन्थे, जब तिननले ज्‍वाला भोगिरहेका हुन्थे तब तिनीहरूले सान्त्‍वनाका मधूर शब्दहरू बोलिदिन्थे, वा तिनलाई खुशी पार्नका लागि भजनहरू गाइदिन्थे ।” “युवती कुमारीहरू आफ्‍नो कोठामा राती सुत्‍न गएझैँ तिनीहरूकाे जिउँदो चिहानमा ढल्कन्थे, वा सजाय दिने तख्तामा वा आगोमा जाँदा तिनीहरूले उत्तम पोशाक पहिरन्थे, जस्तो मानाैं कि तिनीहरू आफ्‍नो विवाहमा जाँदैछन् ।” —Wylie, b. 18, ch. 6. MBAJ 258.3

मूर्तिपूजकले सुसमाचारलाई नष्‍ट पार्न खोजेका दिनहरूमा झैँ इसाईहरूका रगत बीउ भएका थिए । (See Tertullian, Apology, paragraph 50.) सतावटले सत्यताका साक्षीहरूको सङ्ख्या वृद्धि गर्न सेवा पुऱ्यायो । वर्षपछि वर्ष मानिसहरूका अजेय निर्णयद्वारा राजालाई पागल बनायो; तिनले आफ्‍नाे क्रूर कार्य लागू गरे, तर त्यो व्यर्थ भयो । ओरेन्‍जको कुलीन विलियमको अधिकारमा भएको क्रान्तिलेगर्दा अन्तमा होल्याण्डमा परमेश्‍‍वरको सेवा गर्ने स्‍वतन्‍‍त्रता ल्यायो । MBAJ 258.4

पिडमण्डका पहाड़हरूमा, फ्रान्सका मैदानहरूमा र होल्याण्डका किनारहरूमा त्यसका चेलाहरूका रगतले सुसमाचारको प्रगतिलाई विशिष्‍ट बनायो । तर उत्तरी देशहरूमा यसले शान्तिपूर्ण प्रवेश पायो । विटनवर्गबाट आफ्‍ना घरहरूमा फर्केका विद्यार्थीहरूले सुधार-विश्‍‍वास स्काण्डिनेभियामा पनि लिएर गए । लुथरका लेखहरूको प्रकाशनले पनि ज्योति फैल्यायो । उत्तरका साधारण, बलियो मानिसहरू रोमको भ्रष्‍टता, प्रदर्शन र अन्धविश्‍‍वासलाई छोडेर बाइबलको शुद्धता, साधारणता र जीवनदाता सत्यतालाई स्‍वागत गर्न फर्के । MBAJ 259.1

“डेन्मार्कका सुधारक,” टसन एक गाउँलेको छोरा थिए । तिनले पहिले नै विवेकी जोशको प्रमाण देखाएका थिए; तिनी शिक्षा क्षेत्रमा तिर्खाएका थिए; तर तिनको बाबा-आमाका परिस्थितिहरूले गर्दा सो हासिल गर्न सकेनन्, अनि तिनी आश्रममा प्रवेश गरे । यहाँ तिनको जीवनको शुद्धता साथ-साथै तिनको मेहनत र भक्तिले तिनले आफ्‍ना हाकिमको मन जिते । परीक्षाले तिनमा यस्तो प्रतिभा प्रकट गरायो कि भविष्यको दिनमा चर्चप्रति केही असल सेवा गर्न सकिन्छ भनी प्रतिज्ञा गरेको थियो । तिनलाई जर्मनी वा नेदरल्याण्डका विश्‍‍वविद्यालयहरूमध्ये एउटाबाट शिक्षा दिने निर्णय पारित भयो । जवान विद्यार्थीलाई विटनवर्गमा नजाने प्रणसाथ आफैलाई स्कुल चुन्‍ने अनुमति दिइयो । चर्चको विद्यार्थीलाई झूटको विषको खतरामा पार्नु हुँदैन । यसरी सन्यासीहरूले भने । MBAJ 259.2

टसन कोलोनमा गए, जुन अहिले जस्तै त्यतिबेला पनि रोमीहरूका एक गढ़ थियो । चाँडै यहाँ तिनलाई पण्डितहरूको गुप्‍तविद्यामा दिक्‍क लाग्‍न थाल्यो । लगभग त्यही समयमा तिनले लुथरका लेखहरू प्राप्‍त गरे । तिनले त्यो अचम्म र हर्षसाथ पढे र सुधारकको व्यक्तिगत प्रशिक्षणमा आनन्द लिन अति इच्छुक भए । तर त्यसो गर्नाले तिनले आफ्‍नो आश्रमको हाकिमलाई अप्रसन्‍न पार्ने र तिनको सहयोगको अधिकार गुमाउने जोखिम लिनुपर्ने थियो । तिनले चाँडै निर्णय गरे, चाँडै नै तिनी विटनवर्गमा एक विद्यार्थी स्‍वरूप भर्ना भए । MBAJ 259.3

डेन्मार्कमा फर्कदा तिनी फेरि आफ्‍ना आश्रममा गए । तिनले लुथरको शिक्षा अपनाएका छन् भनी कसैले पनि अहिलेसम्म शंका गरेको थिएन; तिनले आफ्‍नो रहस्य प्रकट गरेनन्, तर तिनका साथीहरूका मतान्तरलाई भङ्ग नगरीकन तिनीहरूलाई अझै शुद्ध विश्‍‍वास र पवित्र जीवनतर्फ डोऱ्याउने प्रयास गरे । अनि तिनले बाइबल खोले, र त्यसको सत्य अर्थ वर्णन गरिदिए, र अन्तमा तिनीहरूलाई पापीको धार्मिकता र तिनको मुक्तिको एउटै मात्र आशाको रूपमा ख्रीष्‍टको विषयमा प्रचार गरे । मुख्य सन्यासीको क्रोध भयंकर भयो, जसले तिनीमाथि रोमको शूरो रक्षक हुने उच्‍च आशा राखेका थिए । तुरुन्तै तिनलाई आफ्‍नो आश्रमबाट अर्कोमा साऱे र एकदम कडा निरीक्षणमा तिनको कोठामा कैद गरेर राखे । MBAJ 259.4

केही भिक्षुहरूले तिनीहरू आफैलाई प्रोटेस्टेन्ट धर्ममा परिवर्तन भएको घोषणा गर्दा तिनको नयाँ पालेहरू अति नै भयभीत भए । तिनको कोठाको डन्डीहरूद्वारा टसनले तिनका सँगीहरूसँग सत्यताको ज्ञान सिकाउथे । यदि डेनमार्कका ती फादरहरू चर्चमा भएको झूट समाधान गर्न सिपालु भएको भए, टसनको आवाज फेरि कहिल्यै पनि सुनिदैनथ्यो; तर तिनलाई केही जमिनमुनीको चिहानमा पठाउनुको सट्टामा तिनीहरूले तिनलाई आश्रमबाट बहिष्कार गरिदिए । अब तिनीहरू शक्तिहीन भए । नयाँ सिद्धान्तका शिक्षकहरूलाई सुरक्षा गर्ने राजकीय हुकुम भर्खरै जारी भयो । टसनले प्रचार गर्न थाले । तिनीका लागि चर्चहरू खोलिए, र मानिसहरू सुन्‍नलाई ओइरिए । अरूले पनि परमेश्‍‍वरको वचन प्रचार गरिरहेका थिए । डेन्मार्कको भाषामा अनुवाद भएको नयाँ नियम पूरै वितरण गरियो । पोपतन्‍‍त्रले नष्‍ट पार्नलाई गरेका प्रयासहरूले त्यसलाई फैल्याउने काम गऱ्यो, चाँडै नै डेन्मार्कले सुधार-विश्‍‍वास स्‍वीकार गरेको घोषणा गऱ्यो । MBAJ 260.1

जसले विटनवर्गको इनारबाट पिएका थिए ती युवाहरूले स्‍वीडेनमा आफ्‍ना देशका मानिसहरूका लागि जीवनको पानी लिएर गए । स्‍वीडेनको सुधार-कार्यका दुई अगुवाहरू ओलफ र लाउरेन्टियस पेट्री थिए जोहरू ओरेब्रोको लोहारका छोराहरू थिए जसले लुथर र मलेङ्‍थनको अधीनमा रहेर अध्ययन गरे, र यसरी सिकेका सत्यताहरू सिकाउन तिनीहरू मेहनती भए । महान् सुधारकले झैँ ओलफ आफ्‍नो जोश र भाषणकलाले गर्दा मानिसहरूलाई जागृत पार्दथे जहाँ लाउरेन्टियसचाहिँ मलेङ्‍थन जस्तै शिक्षित, विचारशील र शान्त स्‍वभावका थिए । दुवै जोशिला भक्तिपूर्ण मानिसहरू थिए, उच्‍च धर्मशास्‍‍त्रीय शिक्षा हासिल गरेका थिए र सत्यता विकसित गराउन निडर र साहसी थिए । पोपतन्‍‍त्रको विरोधको अभाव भएको थिएन । क्‍याथोलिक पूजाहारीले अज्ञानी र अन्धविश्‍‍वासी मानिसहरूलाई सुऱ्यायो । हुलदङ्गाले ओलफ पेट्रीलाई प्राय आक्रमण गर्दथ्यो, कुनै समयमा आफ्‍नो जीवन बल्‍लतल्‍ल बचाएको हुन्थे । जेभएपनि यी सुधारकहरूलाई राजाले मन पराउथे र सुरक्षा गर्दथे । MBAJ 260.2

रोमी चर्चको शासनमा मानिसहरू गरिबीपनमा डुबेका थिए र अत्याचारले पीडित भएका थिए । तिनीहरू धमशास्‍‍त्रहीन थिए; केवल चिन्ह र विधि-विधानको धर्मले गर्दा दिमागमा केही ज्योति प्रदान गरेन, तिनीहरू अन्धविश्‍‍वासी विश्‍‍वासहरू र तिनीहरूका मूर्तिपूजक पिता-पूर्खाहरूका अभ्यासतिरै लागेका थिए । राज्य वाद-विवादयुक्त समूहमा विभाजित भयो, जसको निरन्तर हुने संघर्षले सबैलाई दुःख वृद्धि गऱ्यो । राजाले राज्य र चर्चमा सुधार-कार्य ल्याउने निर्णय गरे, र तिनले रोमका विरुद्ध लड़ाइँ गर्न यी सक्षम सहायकहरूलाई स्‍वागत गरे । MBAJ 261.1

स्‍वीडेनको राजा र अगुवाहरूका उपस्थितिमा ओलफ पेट्रीले रोमका शुरवीरहरूकाे विरुद्ध महान् प्रतिभासाथ सुधार-कार्यको विश्‍‍वासका सिद्धान्तहरूकाे प्रतिरक्षा गरे । तिनले घोषणा गरे कि पिताहरूका शिक्षाहरू धर्मशास्‍‍त्रअनुसार छ भने मात्र ती स्‍वीकार गर्नुपर्छ; जसमा कि आवश्‍‍यकीय विश्‍‍वासका सिद्धान्तहरू बाइबलमा स्पष्‍ट र साधारण तरिकाले प्रकट गरिएका छन् ताकि सबै मानिसहरूले बुझ्‍न सकून् । ख्रीष्‍टले भन्‍नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो ।” (यूहन्‍ना ७:१६) । पावलले भने यदि तिनले पाएको सुसमाचार बाहेक अरू कुनै प्रचार गऱ्यो भने त्यो श्रापित होस् (गलाती १:८) । सुधारकले भने, “त्यसो भए कसरी तिनीहरूका खुशीमा अरूमाथि धर्म आदेशहरू लागू गर्ने आँट गर्नेछन्, र ती तिनीहरूका मुक्तिको खातिर आवश्‍‍यकीय छन् भनी भन्‍ने त ?” —Wylie, b. 10, ch. 4. जब आदेशहरू परमेश्‍‍वरका आज्ञाहरू विरोध हुन्छन् तब तिनीहरूको कुनै अधिकार छैन, र यसरी “बाइबल र बाइबल मात्र” विश्‍‍वास र व्यवहारको नियम हो भन्‍ने प्रोटेस्टेन्टहरूको महान् सिद्धान्त कायम राखेको कुरा तिनले देखाए । MBAJ 261.2

यो वाद-विवाद तुलात्मकरूपमा एकान्त ठाउँमा थियो, तापनि यसले हामीलाई देखाउँछ कि “यस्ता मानिसहरूले सुधारकहरूका सेनाहरूकाे स्थान र सेनाको समूह बनिएकाे थियो । तिनीहरू अशिक्षित थिएनन्, तिनीहरू अलग विचार र हल्‍लादारी विवाद गर्ने व्यक्तिहरू थिएनन्—यस्ता कुराहरूको निसाना पनि थिएन; तिनीहरू परमेश्‍‍वरको वचन अध्ययन गरेका मानिसहरू थिए, तिनीहरूलाई बाइबलले शस्‍‍त्रागार प्रदान गरेको थियो र त्यही शस्‍‍त्र कसरी चलाउने भनी तिनीहरूलाई राम्ररी थाहा थियो । ज्ञानको विषयमा तिनीहरू आफ्‍ना युगमा अग्र स्थानमा थिए । जब हामी हाम्रा ध्यान विटनवर्ग र जुरिच जस्ता प्रभापूर्ण केन्द्रहरूमा केन्द्रित गर्छौं, र यस्तो प्रतापशाली नामहरू जस्तै लुथर, मलाक्‍न्थन, जुइङ्गली र ओकोलम्पडियसतर्फ ध्यान केन्द्रित गर्छौं, तब हामीलाई यसरी भन्छन् होलान् कि तिनीहरू नै यस कार्यका अगुवाहरू थिए, र हामी स्‍वभावैले तिनीहरूमा अलौकिक शक्ति र विशाल विचारशीलताको आशा गर्नुपर्छ; तर सहकर्मीहरू त्यस्ता थिएनन् । ठीकै छ, हामी स्‍वीडेनको अप्रसिद्ध घटनास्थलतिर फकौं, र ओलाफ र लाउरेन्टियस पेट्रीको नम्र नाम—मालिकदेखि चेलाहरूसम्म—हामी के पाउँछौं त ? ... पण्डितहरू र धर्मशास्‍‍त्रीहरू; जुन मानिसहरूले सम्पूर्ण सुसमाचारको सत्यताको प्रणालीमा पूर्ण सिपालु थिए, र जसले स्कुलहरूका कुतर्कवादीहरू र रोमका प्रतिनिधिहरूमाथि सजिलै विजय हासिल गरेका थिए ।” —Wylie, b. 10, ch. 4. MBAJ 261.3

यो तर्क-वितर्कको परिणामस्‍वरूप स्‍वीडेनका राजाले प्रोटेस्टेन्ट विश्‍‍वास स्‍वीकार गरे, त्यसको केही समयपछि राष्‍ट्रिय सभाले त्यो स्‍वीकार गरेको घोषणा गऱ्यो । ओलफ पेट्रीले स्‍वीडेनको भाषामा नयाँ नियम अनुवाद गरिसकेका थिए, र राजाको इच्छाअनुसार दुई दाजु-भाईहरू सम्पूर्ण बाइबल अनुवाद गर्ने काममा व्यस्त भए । यसरी प्रथम पल्ट स्‍वीडेनका मानिसहरूले परमेश्‍‍वरको वचन तिनीहरूका मातृ भाषामा प्राप्‍त गरे । यो कुरा परिषद्द्वारा आदेश भयो कि राज्यभरि नै प्रचारकहरूले धर्मशास्‍‍त्र वर्णन गर्नुपर्छ र स्कुलहरूमा नानीहरूलाई बाइबल पढ्‍न सिकाइनुपर्छ । MBAJ 262.1

अज्ञानता र अन्धविश्‍‍वासको अन्धकारलाई सुसमाचारको आशिषित ज्योतिले स्थिरतासाथ र निश्‍चितरूपमा हटाइदियो । रोमका अत्याचारहरूबाट स्‍वतन्‍‍त्र भयो, र राज्यले यस्तो बल र महानता प्राप्‍त गऱ्यो कि अघि कहिल्यै पनि यसरी हासिल गरेको थिएन । स्‍वीडेन प्रोटेस्टेन्ट धर्मको एक किल्‍ला भयो । एक शताब्दीपछि एक दुःखदायी जोखिमको घडी आउँदा यो सानो र अहिलेसम्म कमजोरी राज्य—युरोपमा एउटा देशले मात्र सहयोगी हात बढाउन आँट गऱ्यो—जर्मनीमा तीस वर्षको डरलाग्दो लड़ाइँको संघर्षमा बचाउनको लागि यो देश आयो । समस्त उत्तरी युरोप फेरि रोमको तानाशाहमा पर्लाझैँ देखिन्थ्यो । यही स्‍वीडेनका सेनाहरूले नै जर्मनीलाई पोपतन्‍‍त्रको सफलताको वेग फर्काउन सक्षम बनायो, काल्भिनका अनुयायीहरू साथ-साथै लुथरका अनुयायीहरू जस्ता प्रोटेस्टेन्टहरूका निम्ति धार्मिक स्‍वतन्‍‍त्रता जित्‍न र सुधार-कार्य स्‍वीकार गरेका यी देशहरूमा विवेकको स्‍वतन्‍‍त्रता पुनर्स्थापना गर्न ती सेनाहरूले मद्दत गरेका थिए । MBAJ 262.2