परमेश्वर हामीहरूसँग
परमेश्वरले मानवरूप धारण गर्नुभयो
मानिसको चोला लिन झुक्नुभएर उहाँले एक यस्तो चरित्र प्रकट गर्नुभयो, जुन शैतानको चरित्रभन्दा विपरीत थियो । तर उहाँ नम्रताको अझै पनि तल्लो स्तरसम्म जानुभयो, “स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युुसम्मै आज्ञाकारी रहनुभयो” (फिलिप्पी २:८) । जसरी प्रधान पूजाहारीले आफ्नो उच्च पदको सुन्दर वस्त्रलाई त्यागेर साधारण सेतो वस्त्र लगाएर स्थापना गर्दछ, त्यसै गरी ख्रीष्टले पनि एक दासको रूप लिनुभयो र बलिदान हुनुभयो, स्वयम् आफै पूजाहारी र बलि हुनुभयो । “तर ऊ त हाम्रा अपराधीहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं” (यशैया ५३:५) । PHs 9.2
हामीलाई उचित दण्ड ख्रीष्टले भोग्नुभयो, ताकि हामी उहाँलाई उचित व्यवहारको भागेदार बन्न सक्नेछौं । उहाँ पापको लागि निन्दा गरिनुभयो, जसमा उहाँको केही अंश थिएन, ताकि हामी उहाँको धार्मिकताद्वारा सिद्ध हुन सक्ने छौं, जुन कुरामा हाम्रो केही अंश छैन । उहाँले त्यस मृत्युलाई भोग्नुभयो, जुन हाम्रो थियो, ताकि हामीले जीवन पाउन सक्नेछौं, जुन उहाँको हो । “उहाँको कोर्राको चोटले हामी निको भयौं ।” PHs 10.1
उहाँको जीवन र मृत्यद्वारा ख्रीष्टले चाहिएको भन्दा बढ्ता रूपमा पापको विनाशबाट आरोग्य प्राप्तीभन्दा बढ्ता उपलब्धी हासील गर्नुभएको छ । परमेश्वर र मानिसको बीचमा एक अनन्तको बिछोड ल्याउनु नै शैतानको उद्देश्य थियो; तर ख्रीष्ट मार्फत हामी परमेश्वरमा अझ यसरी नजीकको सम्बन्धमा आउँदछौं कि मानौं हामी कदापि पतन भएकै छैनौं । ख्रीष्टले हाम्रो स्वभाव लिएर उहाँले आफूलाई मानवतासँग एक यस्तो गाँठोद्वारा बाँध्नुभएको छ, जुन कहिल्यै पनि फुकाल्न सकिनेछैन । अनन्तकालदेखि नै उहाँ हामीसित सम्बन्धित हुनुहुन्छ । “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एक मात्र पुत्रलाई दिनुभयो” (यूहन्ना ३:१६) । उहाँले पुत्रलाई हाम्रो पापलाई उठाउन मात्र र हाम्रो निम्ति बलिदानको रूपमा मर्नलाई मात्र दिनुभएन तर पतन भएका पूरा संसारको निम्ति दिनुभयो । मानिसलाई उहाँको अचुक शान्तिको आश्वासन दिनको लागि परमेश्वरले आफ्नो एक मात्र पुत्रलाई मानव परिवारको एक सदस्य बन्नलाई अनन्तसम्म उहाँको मानव स्वभावलाई कायम राख्नका निम्ति दिनुभयो । यही एउटा प्रतिज्ञा हो कि परमेश्वरले आफ्नो वचन उहाँ आफैले पूरा गर्नुहुन्छ । “हामीलाई बच्चाको जन्म भएको छ । हामीलाई पुत्र दिइएको छ र राज्य र अधिकार उहाँका काँधमा राखिएका छन्,” परमेश्वरले पुत्रको रूपमा मानवीय स्वभावलाई लिनुभएको छ र त्यही स्वभाव स्वर्गसम्मै लैजानुभएको छ । यो ती नै “मानिसको पुत्र” हुन्, जो स्वर्गको सिंहासनको अंशियार हुनुहुन्छ । यी ती नै “मानिसको पुत्र हुन्,” जसको नाम “अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनेछ” (यशैया ९:६) । “म हुँ” भन्ने परमेश्वर र हामी बीच मध्यस्थ हुनुहुन्छ र आफ्ना हात दुवैतिर फैलाउनुहुन्छ । उहाँ जो “पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग हुनुहुन्छ” र हामीलाई भाइ भनी पुर्कानमा शर्माउनुहुन्न (हिब्रू ७:२६; २:११) । ख्रीष्टमा नै स्वर्गको परिवार र पृथ्वीका एक भएका छन् । महिमित ख्रीष्ट हाम्रा भाइ हुनुहुन्छ । स्वर्ग मानवतामा समाहित छ, र मानवता असीमित प्रेमको छातीभित्र बेरिएको छ । PHs 10.2
आफ्ना जनहरूको बारेमा परमेश्वर भन्नुहुन्छ, “मुकुटका रत्नझैँ तिनीहरू उहाँको देशमा चम्कनेछन् । अहा ! उहाँको भलाइ कति महान्, उहाँको सुन्दरता कति उत्तम !” (जकरिया ९:१६-१७) उद्धार पाउनेहरूका स्तुति प्रशंसा नै परमेश्वरको करुणाको निम्ति एक अनन्तको गवाही हुनेछ । “योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पति आउँदा युगहरूमा देखाउनलाई हो ।” “ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञन स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस् । योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो ।” (एफिसी २:७; ३:१०-११) । PHs 11.1