परमेश्‍‍वर हामीहरूसँग

30/45

ऐतिहासिक र धार्मिक बुद्धि

इसाई कार्यको तयारीस्‍वरूप धेरै ऐतिहासिक र धार्मिक ग्रन्थहरूका बारेमा विस्तृत ज्ञान हासिल गर्नु जरुरी छ भनी सोच्दछन् । तिनीहरूले यो कल्पना गर्दछन् कि यो ज्ञानले सुसमाचार प्रचार गर्ने काममा उनीहरूलाई मद्दत गर्नेछ । तर उनीहरूले कष्‍टसाथ अध्ययन गरेर अरू मानिसहरूका विचारहरूले उनीहरूको कामलाई मजवुत तुल्याउनुको साटो कमजोर तुल्याइदिन सक्छ । जब म भएभरका ऐतिहासिक र बौद्धिक विचारशील पुस्तकहरूले भरिएका पुस्तकालय देख्दछु, म सोच्दछु, जो खाने कुरा होइन, त्यसमा लागि यस्तो खर्च किन गर्ने ? यूहन्नाको छैटौँ अध्ययले यस्ता पुस्तकहरूबाट प्राप्‍त गर्न सकिने धेरै कुराहरूका बारेमा बताउँदछ । ख्रीष्‍ट भन्नुहुन्छ, “जीवनको रोटी म हुँ । मकहाँ आउने भोकाउने छैन र ममाथि विश्‍‍वास गर्ने कहिल्यै तिर्खाउने छैन ।” “स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन ।” “जसले विश्‍‍वास गर्छ त्यससित अनन्त जीवन छ,” “जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती आत्मा र जीवन हुन” (यूहन्ना ६:३५, ५१, ४७, ६३) । PHs 60.2

त्यहाँ एक यस्तो ऐतिहासिक अध्ययनको विषय छ जसलाई निन्दा गरिनु हुँदैन । अगमवक्ताहरूले अध्ययन गर्ने स्कूलमा पवित्र इतिहास पनि अध्ययन गरिनु पर्ने विषयहरूमध्ये एक थियो । परमेश्‍‍वरले विभिन्न राज्यहरूप्रति गर्नुभएका व्यवहारहरूका रेकर्डमा परमप्रभुका पद-चिन्हहरू कोरिएका छन् । त्यसकारण संसारलाई परमेश्‍‍वरले कस्तो व्यवहार गर्नुहुन्छ ती कुराको बारेमा हामीले विचार गर्नुपर्छ । हामीहरूले इतिहासमा भविष्यवाणी पूरा हुँदै आएका कुराहरू देख्‍नुपर्छ, महान् सुधारवादी अभियानहरू कसरी व्यवस्थित गरिए सोबारे अध्ययन गर्नुपर्छ, र संसार अन्तिम अनि भयानक सघंर्षका लागि कसरी अगाडि बढिरहेको कुरा छ भनी बुझ्‍नुपर्छ । PHs 60.3

यस प्रकारको अध्ययनले जीवनको बारेमा बृहत् र व्यापक दृष्‍टिकोण प्रदान गर्दछ । एक-अर्काप्रतिको निर्भरता र सम्बन्धको बारेमा हामीलाई यसले प्रष्‍ट पार्छ । देश र समाजको आपसि भाइचारामा हामी कस्तो प्रकारबाट एक-आपसमा बाँधिएका छौं भन्ने कुरा यसले स्पष्‍ट गराउँदछ र समाजको एउटा सदस्यको गिरावटले अरू सबैमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बताउँदछ । PHs 61.1

तर साधरण तवरले अध्ययन गरिदा इतिहास मानिसहरूका उपलब्धी, युद्धहरूमा प्राप्‍त गरेरका उसका विजयहरू र शक्ति र प्रभुत्‍व जमाउनमा उसका सफलताहरूका बारेमा सम्बन्धित हुन्छ । मानिसको क्रियाकलापमा परमेश्‍‍वरको माध्यमहरूद्वारा गरिएका कामहरूका दृष्‍टि गुमाइएको छ । थोरैले मात्र राष्‍ट्रको उत्तार-चढ़ावमा उहाँको कार्यका उद्देश्‍‍यको बारेमा अध्ययन गर्दछन् । PHs 61.2

र धेरैको लागि आध्यात्मवाद, जसरी अध्ययन गरिएको र सिकाइएको छ, यो मानिसको एक काल्पनिक लेखाइ हो, जो “ज्ञानरहित” शब्दहरूद्वारा अन्धकारमा परामर्श गरिन्छन् । धेरै जसो बेला, यस्ता पुस्तकहरूको थुप्रो लगाउनुको मतलब मन र आत्माको खाना पूरा गर्ने चाहना स्‍वरूप होइन बरु दार्शनिक र आध्यात्मवादीहरूसँग आफैलाई परिचित पार्न अनि अरू मानिसहरूमा इसाईत्‍वलाई बढी बौद्धिक भाषामा प्रस्तुत गर्नको निम्ति हुन्छन् । PHs 61.3

लेखिएका सबै पुस्तकहरूले एक पवित्र जीवनको उद्देश्‍‍य पूरा गर्न सक्दैनन् । “मबाट सिक” महान् गुरु भन्नुहुन्छ, “मेरा जुवा लेऊ, मबाट नम्रता सिक ।” तपाईंको बुद्धिमानपूर्वक घमण्डले तपाईंलाई जीवनको रोटीको चाहनामा नाश भइरहेका आत्माहरूसँग बार्तालाप गर्ने कार्यमा मद्दत पुऱ्याउने छैन । तिनीहरूको अध्ययन गरेर तपाईंले यो व्यवहारिक पाठलाई ठाउँ दिइरहनुभएको छ, जुन तपाईंले स्‍वयम् ख्रीष्‍टबाट सिक्‍नुपर्ने थियो । यी अध्ययनको परिणामबाट मानिसहरू तृप्‍त हुँदैनन् । थोरै अनुसन्धानको अध्ययनले पनि जुन मनलाई थकित तुल्याउने तवरको हुन्छ तर यसले त्यो कुरा तयार पार्दछ जसले एक व्यक्तिलाई आत्माहरू बचाउनको लागि एउटा सफल कामदार तुल्याउन मद्दत पुऱ्याउनेछ । PHs 61.4

मुक्तिदाता “गरीबहरूलाई सुसमाचार सुनाउन आउनुभयो” (लुका ४:१८) । आफ्‍नो शिक्षामा उहाँले अति नै सरल शब्दहरू र सबैभन्दा साधारण संकेतहरूका प्रयोग गर्नुभयो । र यसो भनिएको छ कि “त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुशीसाथ सुन्यो” (मर्कूस १२:३७) । जस-जसले उहाँको कार्य गर्ने खोजी गर्छन्, अहिले उनीहरूलाई उहाँले दिनुभएको शिक्षाहरूका लागि भित्री ज्ञानको आवश्‍‍यकता छ । PHs 62.1

जीवित परमेश्‍‍वरका वचनहरू सर्वश्रेष्‍ठ शिक्षा हुन् । जसले मानिसको सेवा गर्दछन्, उनीहरूका जीवनको रोटीबाट खानुपर्छ । यसले उनीहरूलाई आत्मिक शक्ति दिन्छ, तब मात्र उनीहरू सबै वर्गका मानिसहरूका बीचमा सेवा गर्न तयार हुनेछन् । PHs 62.2